Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाबाट नेपाली पक्राउ

अष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाबाट नेपाली पक्राउ


सिड्नी

अष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाको न्युयोर्कमा एक नेपाली युवा समातिएका छन् ।
सन् २०१७ को जुनमा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएका नेपाली युवाले सिड्नीमा एक अष्ट्रेलियन महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।
उजुरीपछि अष्ट्रेलिया प्रहरीले युवकको खोजी थालेको थियो ।
अमेरिका भागेको सुचनाका आधारमा अष्ट्रेलियन प्रहरीले अमेरिकी प्रहरीसंग सहकार्य गरेको थियो ।

अमेरिकामा पक्राउ परेका अभियुक्तलाई सिड्नी लगिदै ।
तस्बिर-एनएसडब्लु प्रहरी

प्रहरीका अनुसार २१ बर्षकी युवतीलाई बलात्कार गरी ती युवक केही घण्टामै अमेरिका फर्किएका थिए ।
अष्ट्रेलियाली प्रहरीले संघिय पक्राउपुर्जी जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियो । उनलाई न्युयोर्कमा स्थानिय प्रहरीको सहयोगमा लसएन्जलस पुर्याई अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो । सिड्नी ल्याईएको ती अभियुक्तलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छ । उनलाई विना सहमति यौन सम्पर्क गरी अभद्रता प्रकट गरेको आरोप लगाईएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6