Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ अष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाबाट नेपाली पक्राउ

अष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाबाट नेपाली पक्राउ


सिड्नी

अष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाको न्युयोर्कमा एक नेपाली युवा समातिएका छन् ।
सन् २०१७ को जुनमा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएका नेपाली युवाले सिड्नीमा एक अष्ट्रेलियन महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।
उजुरीपछि अष्ट्रेलिया प्रहरीले युवकको खोजी थालेको थियो ।
अमेरिका भागेको सुचनाका आधारमा अष्ट्रेलियन प्रहरीले अमेरिकी प्रहरीसंग सहकार्य गरेको थियो ।

अमेरिकामा पक्राउ परेका अभियुक्तलाई सिड्नी लगिदै ।
तस्बिर-एनएसडब्लु प्रहरी

प्रहरीका अनुसार २१ बर्षकी युवतीलाई बलात्कार गरी ती युवक केही घण्टामै अमेरिका फर्किएका थिए ।
अष्ट्रेलियाली प्रहरीले संघिय पक्राउपुर्जी जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियो । उनलाई न्युयोर्कमा स्थानिय प्रहरीको सहयोगमा लसएन्जलस पुर्याई अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो । सिड्नी ल्याईएको ती अभियुक्तलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छ । उनलाई विना सहमति यौन सम्पर्क गरी अभद्रता प्रकट गरेको आरोप लगाईएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6