Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaप्रवासी नेपाली मञ्च अष्ट्रेलियाका नवनिर्वाचित पदाधिकारीको जिम्मेवारी बाँडफाँड !

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका नवनिर्वाचित पदाधिकारीको जिम्मेवारी बाँडफाँड !


ब्रिजबेन। प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाले नवनिर्वाचित कार्यसमितिको कार्यविभाजन गरेको छ । पाचौ अधिवेशनबाट निर्वाचित राष्ट्रिय कमिटीको प्रथम बैठकले राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसर सहित विभागीय प्रमुखहरुको जिम्मेवारी बाडफाँड गरेको हो ।
ओएनएफका प्रचार विभाग प्रमुख अशिम कोइरालाले १२ सदस्यीय सचिवालय गठन गरिएको जानकारि दिनुभयो । अध्यक्ष केशव जोशी, उपाध्यक्षहरु राम घिमिरे, बालगोपाल उपाध्याय, चिन बहादुर नेपाली सचिव प्रकाश पन्थी, उप सचिवहरु होम नाथ निरौला, हेम खनाल, अशिम कोईराला, आर्थिक विभाग प्रमुख दिपक पहारी र सदस्यहरु सिता केशी, भुवन पाण्डे, विएन मण्डल सचिवालयमा समेटिनुभएको छ । राज्य कमिटीको इन्चार्जमा न्यु साउथ वेल्स–राम घिमिरे, कुइन्सल्याण्ड– चिन बहादुर नेपाली, साउथ अष्ट्रेलिया–बालगोपाल उपाध्याय, वेस्टन अष्ट्रेलिया–होम नाथ निरौला, भिक्टोरिया–हेम खनाल, तास्मानिया– सुजन लामिछाने, नर्दन टेरोटेरी– भवानी पौडेल, अष्ट्रेलियन क्यापिटल टेरोटेरी– किशोर भण्डारी तोकिएको छ ।

भर्चुअल माध्यमबाट भएको बैठकले पब्लिक रिलेशन अफिसरमा मञ्चका सचिव प्रकाश पन्थीलाई नियुक्त गरेको छ भने ११ बटा विभिन्न विभागहरु गठन समेत गरेको छ । जसमा प्रचार विभागमा अशिम कोइराला (प्रमुख), प्रेम प्रकाश शाही (उप प्रमुख), संगठन विभागमा बालगोपाल उपाध्याय (प्रमुख), कृष्ण सापकोटा (उप प्रमुख),महिला विभागमा सिता थापा (प्रमुख),युवा विभागमा भुवन पाण्डे(प्रमुख),विशाल राना मगर (उप प्रमुख),उद्यमशीलता बिभागमा बिजय फुयाल (प्रमुख), ज्ञान तथा सिप बिभागमा किशोर भण्डारी (प्रमुख), विएन मण्डल (उप प्रमुख), सामाजिक संघ संस्था विभागमा केशब जोशी (प्रमुख), सामाजिक कल्याण बिभागमा नरविर नेम्वाङ्ग (प्रमुख), नारायण बस्नेत (उप प्रमुख), आर्थिक विभागमा दिपक पहारी (प्रमुख), दिनेश पाण्डे (उप प्रमुख),खेलकुद विभागमा दिनेश पाण्डे (प्रमुख), प्रभात मगर (उप प्रमुख), पर्यटन प्रबर्धन बिभागमा सुर्य मोहन शर्मा (प्रमुख) र प्रकाश पौडेल (उप प्रमुख) तोकिनुभएको छ ।

सल्लाहकार समितिको प्रमुखमा डा. जगदिश तिमिल्सिना र सदस्यहरुमा धर्म राज अधिकारी, भवानी ओली, चन्द्र योन्जन, महेन्द्र बहादुर कार्की, होम पाण्डे, डा.हेमाङ्ग शर्मा, डा। राम आचार्य, भैरब ढकाल, शिशिर नेपाललाई नियुक्त गरिएको छ । बैठकले गत अगष्ट २७ र २८ सिड्नीमा सम्पन्न पाचौ अधिवेशनको समिक्षा गर्दै अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न भुमिका खेल्नुे सबैलाई धन्यवाद दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6