Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा नेपाल फेष्टिभल गर्न स्थानिय सरकारले दियो १९ हजार डलर, यस्तो छ तयारी

ब्रिजवेनमा नेपाल फेष्टिभल गर्न स्थानिय सरकारले दियो १९ हजार डलर, यस्तो छ तयारी


ब्रिजवेन/ नेपालको संस्कृति, पहिचान र पर्यटन प्रवद्र्धन गर्न आयोजना हुन लागेको नेपाल फेष्टिभल ब्रिजवेनका लागि राज्य र स्थानिय सरकारले १९ हजार डलर सहयोग गर्ने भएको छ । आज ब्रिजवेनमा पत्रकार सम्मेलन गर्दै गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डले आगामी नेपाल फेष्टिभलका बारेमा बिस्तृत जानकारी गराएको हो ।

ब्रिजवेनमा आगामी नोभेम्बर १३ तारिख आइतबार नेपाल फेष्टिभल हुदैछ । यसपाली ब्रिजवेनको नेपाल फेष्टिभलको मुख्य नारा ‘सेलिब्रेटिङ डाइभरसिटी, एक्सप्लोरिङ अपरच्युनिटी’ अर्थात ‘विविधतालाई आत्मसाथ गर्दै अवसरको खोजी गरौं’ भन्ने रहेको छ । ब्रिजवेनको मुटु मानिने किङ जर्ज स्क्वायरमा हुने कार्यक्रममा कुइन्सल्याण्डका नेपाली संघसंस्थाहरुको समेत सक्रिय सहभागिता रहने एनआरएनए कुइन्सल्याण्डका संयोजक बिनोद भक्त आचार्यले बताउनुभयो । नेपाल फेष्टिभलको विशेष आकषर्ण मानिने नेपाल हाउसको जिम्मा कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले लिएको छ । नेपाल हाउसमा नेपालको कला संस्कृति झल्कने प्रदर्शन हुन्छ । त्यस्तै दोस्रो पुस्ताका नेपालीलाई कल्चलर परेड र नृत्यमा सहभागी गराउने जिम्मा नेपलिज एशोसियसन अफ कुइन्सल्याण्डले लिएको छ । कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न २६ वटा समिति तथा उपसमितिहरु गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा संयोजक आचार्यले नेपाल फेष्टिभलका लागि राज्य सरकारको मल्टिकल्चर अफेयरले ५ हजार र ब्रिजवेन सिटी काउन्सिलले १४ हजार ७ सय डलर सहयोग दिएको बताउनुभयो । बिहान सांस्कृतिक झा“कीसहित नगर परिक्रमा गरेर फेष्टिभलको सुरुवात हुने छ । कार्यक्रममा नेपाली बाहेक स्थानिय समुदायको बाक्लो सहभागीताका लागि प्रभावकारी प्रचारप्रसार गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जसका लागि अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जासंग सहकार्य गरिरहेको समेत संयोजक आचार्यले बताउनुभयो । यसपाली कार्यक्रममा १० हजार भन्दा बढीको सहभागिता हुने आयोजकको आशा छ । पत्रकार सम्मेलनमा सहभागी एनआरएनए अन्तराष्ट्रिय समन्वय समिति आइसिसिका सचिव अभिमानसिंह बस्नेतले नेपाल फेष्टिभलको सुरुवात नै अष्ट्रेलियाबाट भएको भन्दै ब्रिजवेनमा हुन लागेको यो कार्यक्रमलाई सफल पार्न आइसिसिको तर्फबाट भरपुर सहयोग गर्ने बताउनुभयो ।

नेपाल फेष्टिभल हुने स्थान किङ जर्ज स्क्वायरमा रहेको ठुलो टेलिभिजन पर्दामा नेपालबारे भिडियो प्रदर्शन गर्ने र काउन्सिलको भवन बाहिर नेपाल झल्किने लाइटिङ समेत गरिने तयारी छ । पत्रकार सम्मेलनमा सहभागी एनआरएनए अष्ट्रेलियाका प्रवक्ता उमेश खड्काले नेपाल फेष्टिभल नेपाली संघसंस्था र नेपालीको साझा कार्यक्रम भएकाले सबै मिलेर सफल पार्न पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ९० हजार डलर जति खर्च हुने बताइएको छ । नेपाल फेष्टिभल ब्रिजवेनको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस र प्लाटिनम प्रायोजकमा एबिसी ग्लोबल एजुकेशन कन्सलटेन्सी, इशान एजुकेशन र स्पेन्सर कलेज रहेका छन् । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस ब्रिजवेनकी रश्मी यादवले समुदायको कार्यक्रममा एक्सपर्ट सधै साथ रहने भन्दै नेपाल फेष्टिभलको मुख्य प्रायोजक हुन पाउदा आफु निकै खुसी भएको बताउनुभयो ।
गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले देशभरका ठुला शहरहरुमा हरेक दुइ वर्षमा नेपाल फेष्टिभल आयोजना गर्दै आइरहेको छ ।


ट्याग : #nepal festival 2022 brisbane
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6