Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaश्रम शोषण गर्ने तास्मानियाका २४ रेष्टुरेन्ट कारवार्हीमा, १ लाख २२ हजार डलर तिर्नुपर्ने

श्रम शोषण गर्ने तास्मानियाका २४ रेष्टुरेन्ट कारवार्हीमा, १ लाख २२ हजार डलर तिर्नुपर्ने


तास्मानिया/कामदार र पारिश्रमिकको पक्षमा काम गर्ने फेयर वर्क एम्बुड्सम्यानले तास्मानियाको लनचेस्टनका २४ रेष्टुरेन्टबाट १ लाख २१ हजार ५ सय डलर भुक्तानी उठाउने निर्णय गरेको छ । यो रकम १ सय ४२ जना कामदारले पाउनुपर्ने पैसा हो । लनचेस्टनका ३१ वटा व्यवसायमाथी फेयरवर्कले अनुसन्धान गरेको थियो । ती मध्ये ७७ प्रतिशतले श्रम सम्बन्धी कानुन पालना नगरेको भेटिएको थियो । श्रम कानुन तोड्ने २४ मध्ये २३ ले कामदारलाई कानुनले तोकेभन्दा कम पारिश्रमिक दिएको तथा एकले पेस्लिप सम्बन्धी मापदण्ड पुरा नगरेको भेटिएको हो ।

फेयरवर्क प्रमुख सान्ड्रा पार्करले होबार्ट, मेलवर्न, ब्रिजवेन, सिड्नी, गोलकोष्ट, पर्थ, एडिलेड र डार्बिनका रेष्टुरेन्ट र क्याफेमा अनुसन्धान केन्द्रित गरेको बताउनुभयो । हालसम्म यी ठाउबाट कामदारले पाउनुपर्ने २ मिलियन डलर भन्दा बढी रकम उठाइसकिएको बताइएको छ ।

पार्करले रेष्टुरेन्टमा क्षेत्रमा काम गर्ने जोखिमयुक्त कामदार र भिषावहाकलाई संरक्षण गर्न फेयरवर्क चनाखो रहेको बताउनुभयो । त्यस्तै काम सम्बन्धी समस्या परेमा फेयरबर्कमा सम्पर्क गर्न समेत पार्करले अनुरोध गर्नुभयो ।
अन्याय परेर फेयरबर्कमा उजुरी गरेमा कामदारले भिषा रद्ध हुन्छ कि भनेर समेत डराउन नपर्ने फेयरर्वकले जनाएको छ । फेयरबर्क र डिपार्टमेन्ट अफ होम अफेयर्सबिच भएको एशोरेन्स प्रोटोकल सहमति अनुसार काममा अन्याय परेर उजुरी गरेमा भिषाको कामसम्बन्धी नियम उल्लघंन गरेपनि भिषा रद्ध हुने जोखिम नहुने फेयरवर्कले जनाएको छ ।

The Fair Work Ombudsman has an agreement with the Department of Home Affairs, called the Assurance Protocol, where visa holders with work rights can ask for our help without fear of visa cancellation. Details are available at our webpage for visa holder workers. Employers and employees can visit www.fairwork.gov.au or call the Fair Work Infoline on 13 13 94. An interpreter service is available on 13 14 50. Small businesses can find targeted resources at the Small Business Showcase.

Follow the Fair Work Ombudsman @fairwork_gov_au external-icon.png or find us on Facebook www.facebook.com/fairwork.gov.au external-icon.png.

Sign up to receive the Fair Work Ombudsman’s media releases direct to your email inbox at www.fairwork.gov.au/emailupdates.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6