Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा चुनावले बढायो नेपालीको महत्व । सहयोग घोषणामा उमेद्वारको प्रतिष्प्रधा ।

अष्ट्रेलियामा चुनावले बढायो नेपालीको महत्व । सहयोग घोषणामा उमेद्वारको प्रतिष्प्रधा ।


सरल गुरुङ/सिड्नी

पछिल्लो चार महिना, अष्ट्रेलियाको नेपाली समाजमा यहाका ठुला पार्टी सम्बन्धी कार्यक्रमहरुको संख्या बाक्लिन थालेको छ । दुइ वर्षमा एक पटक हुने नेपाल फेष्टिवलमा मुस्किलले झुल्कने स्थानिय नेताहरु अहिले नेपाली समाजको सानादेखि ठुला कार्यक्रमसम्मै पुग्न थालेका छन् ।
खासगरी न्यु साउथ वेल्स राज्य निर्वाचनमा बढेको यो नेताहरुको सरमर्गी संघिय चुनावका बेला झनै बढेको छ ।

खासगरी नेपालीहरुको उच्च बसोबास रहेको सिड्नीको बार्टन र ब्याङ्स (हर्सभिल, कोग्रा,रकडेल देखि म्यारिकभिलसम्म) क्षेत्रमा उमेद्वार नेताहरुले नेपाली समुदायमा सक्रियता निकै बढाएका हुन् । बारबिक्यु पार्टीदेखि डिनर र सम्मेलनसम्मै नेताहरुको उपस्थिती बाक्लिएपछि अहिले यहाका नेपाली समाज दंग छन् । राज्यस्तरिय चुनावका बेला दशैको शुभकामना दिएर नेपालीको मन जितेका नेताहरुले
सहयोगको प्याकेज नै घोषणा गर्न थालेपछि त नेपाली समाज थप फुरुङ बनेका छन् ।

नेपाली सामुदायिक भवनदेखि नागरिकतामा सहजीकरणसम्म

सुरु गरौ सहयोगको घोषणाबाट । लिवरल पार्टीबाट ब्याङस क्षेत्रमा उमेद्वार डेभिड कोलम्यानले आफुले जिते नेपाली सामुदायिक भवन बनाउन १ मिलियन डलर (झण्डै ८ करोड रुपैया) सहयोग गर्ने घोषणा गरे । मोरिसन सरकारमा अध्यागमन मन्त्री समेत रहेका कोलम्यानले मे ११ बाट सिड्नीमा सुरु भएको गैर आवासिय नेपाली संघ ओसिनियाको क्षेत्रिय सम्मेलनमा यस्तो बताएपछि नेपाली समाज दंग छ ।
सन् २०१३ मा नेपालीहरुकै भोटका कारण संसद भवनमा छिर्न कोलम्यानलाई सजिलो भएको थियो ।

एनआरएनए ओसिनिया सम्मेलनमा सम्बोधन गर्दै मन्त्री कोलम्यान

झागिंदो समुदायसंगै आफ्नै सामुदायिक भवन नहुदा सार्वजनिक महत्वका कार्यक्रम गर्न नेपाली समाजलाई अप्ठ्यारो पर्दै आएको छ ।
यो समस्यालाई लिवरलले मात्रै होइन अर्को ठुलो पार्टी लेवरका उमेद्वारले पनि चुनावी भाषणमा समेट्न थालेको छ ।
शनिवार रकडेलमा मल्टिकल्चरल कम्युनिटिज काउन्सिल अफ न्यु साउथ वेल्स (एमसिसि) ले गरेको कार्यक्रममा बार्टनकी लेवर उमेद्वार लिण्डा बर्नीले पनि नेपाली समुदायिक भवन बनाउन सहयोग गर्ने घोषणा गरिन् ।

मल्टिकल्चरल कम्युनिटी काउन्सिलकाे कार्यक्रममा सहभागी लेवर नेतृ लिण्डा

त्यसो त उनले आफुले जिते अभिभावक भिषा प्रकृया सहज बनाउने तथा केही समयदेखि रोकिएको नागरिकता आवेदन प्रकृया पुन सुचारु गर्ने सम्मको प्रतिवद्धता जनाइन् । कार्यक्रममा लिण्डाले पर्यटन वर्ष २०२० मा नेपालको भ्रमण गर्नेसम्मको घोषणा गरिन् ।
अष्ट्रेलियाका नेताहरुले आफ्नो सम्बोधनलाई नेपालीहरुलाई तिव्र रुपमा बढिरहेको समाज, इमान्दार, मेहनती र लगनशिल भनेर सम्बोधन गर्ने गरेका छन् ।

किन बढ्यो त सक्रियता ?

५/६ वर्ष अघिसम्म नेपाली कार्यक्रममा निम्तो दिन जादा स्थानिय नेताहरुले सकेसम्म विभिन्न बहाना बनाएर टार्ने गरेको प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डेको अनुभव छ । तर, अहिले परिस्थिती कसरी फेरियो त ?
अष्ट्रेलियामा नेपाली मतदाताहरुको संख्या पछिल्लो ५ वर्षमा ह्वातै बढेकाले यस्तो अवस्था आएको पाण्डेको भनाई छ । “प्रजातान्त्रिक व्यवस्थामा जनताको एक भोटको पनि महत्व हुन्छ”– पाण्डेले भने –“स्विङ भोटरहरुलाई आफ्नो पक्षमा पार्न पनि नेताहरुले सहयोगका घोषणाहरु गर्दछन् । ”
दक्षिणी सिड्नीमा रहेको बार्टन र ब्याङ्स क्षेत्रमा नेपाली भोटरहरु कम्तिमा पनि ५ प्रतिशत छन् । यहाको चुनावी अवस्था हेर्ने हो भने सधै जसो ४ देखि ८ प्रतिशत भोटरहरु स्विङ हुने गर्छन् । यस्तो अवस्थामा नेपालीहरुको भोटले जित हारको निर्णय गर्न सक्छ ।

स्विङ भोटरहरुलाई प्रभाव पार्न मात्रै नभई अष्ट्रेलियामा मानवअधिकारका लागि पनि सबैले समान सम्मान पाउने जनसम्पर्क समितिका कार्यबहाक अध्यक्ष छिरिङ शेर्पाको बुझाई छ ।
“मानव अधिकारी, स्वतन्त्रता र विधीको शासन भएको देशमा हरेक मानिसको जिवन महत्वपूर्ण हुन्छ”– शेर्पाले भने –“त्यसैले बढ्दो नेपाली समाजका हरेक व्यक्ति सरकारका लागि महत्वपुर्ण भएकोले सहयोगको घोषणा भएको हुनसक्छ “।

त्यसैले नेताहरुको क्षणिक सहयोगको घोषणाको पछाडी नलागी उनीहरुको पार्टीको नीति हेरेर भोट दिनुपर्ने शेर्पाको सुझाव छ ।

चुनावका बेला नेताहरुले गरेको घोषणाहरु घोषणामै सिमित हुन नदिन नेपाली समाजका अगुवाहरुले निरन्तर फलोअप गर्नुपर्ने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6