Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशी कामदार भित्रिने क्रममा सुधार

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशी कामदार भित्रिने क्रममा सुधार

दक्ष कामदार अझै अभाव !


ब्रिजबेन । अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशी कामदारहरू भित्रिने क्रममा सुधार हुन थालेको छ। अष्ट्रेलियामा भिसा अनुमोदनहरू कोरोना महामारी भन्दा पहिले कै दरमा भएपछि अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशी कामदारहरू उल्लेख्य रुपमा भित्रिन थालेको अध्ययन रिपोर्ट बाहिरिएको हो ।

दुई वर्ष कोरोना महामारिको लकडाउनमा परेका विदेशी विद्यार्थीहरू अष्ट्रेलिया छोडेर बेलायत वा अन्य देशहरू तर्फत अध्ययनका लागि आकर्षित भएको चर्चा निरर्थक रहेको समेत पछिल्लो भिसाको अवस्थाले देखाएको दाबी गरिएको छ। विशेष गरी सेवा क्षेत्रमा कार्यरत कम्पनीहरूका लागि दक्ष कामदार अभावको चुनौती सामना गर्न अब सहज हुने आशा गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा वार्षिक ४० अर्ब डलर आम्दानी गर्ने विद्यार्थीहरूको संख्या पुरानै तहमा फिर्ता भएपछि विश्वविद्यालयहरूले पनि ठूलो राहतको सास फेर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशी कामदारको बाक्लोन थालेको आगमनले विशेष गरी सिड्नी र मेलबर्नका भाडा बजारमा अझ बढी दबाब पर्ने अनुमान गरिएको छ। यद्यपी आतिथ्य, पर्यटन र प्रशासन क्षेत्रहरूले धेरै महिनादेखि भोगेको दक्ष कर्मचारी अभाव परिपूर्तिमा भने सुधारको संकेत देखिन थालेको छ । अर्कोतर्फ जागिरका लागि अतिरिक्त प्रतिस्पर्धाले अष्ट्रेलियाका कामदारहरूलाई असर गर्ने तर्फ वरिष्ठ अर्थशास्त्री डियाना मौसिनाले सचेत गराउनुभएको छ ।

विदेशी कामदारको फिर्तिले उच्च मुद्रास्फीतिसँग बेरोजगारी दरलाई हालको ४८ वर्षको न्यून स्तरबाट माथि धकेल्ने आशा गरिदैगर्दा बसाइसराइको फिर्तिसँगै रिजर्व बैंक नगद दर वृद्धिमा असर पार्ने अर्थविद्हरुले बताइरहेका छन् । स्थायी र दीर्घकालीन आगमन भिसादरमा केही सुधार देखिएपनि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय यात्रा अझपनि धेरै सुस्त पाइएको छ। News Source : https://www.9news.com.au/ And Macrobond



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6