Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारको एनआरएन अष्ट्रेलियासँग आपत्ति, कारण यस्तो !

अष्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारको एनआरएन अष्ट्रेलियासँग आपत्ति, कारण यस्तो !


ब्रिजबेन । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आयोजना गरेको नेपाल फेस्टिभल ब्रिजबेन र सिड्नीमा अवरोध र उपेक्षा गरिएको भन्दै अष्ट्रेलियामा क्रियाशिल नेपाली सञ्चारकर्मीहरुको संस्था एन्जाले आपत्ति जनाएको छ । अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसन एन्जाले एक विज्ञप्ती जारी गर्दै कमिकमजोरी सुधार्न एनआरएनए अष्ट्रेलियाको ध्यानाकर्षण गराएको हो ।

एन्जाका महासचिव नारायण खड्काद्धारा हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तीमा नोभेम्बर १९ तारिखमा सिड्नीको बरवुडमा भएको नेपाल फेस्टिभलको रिपोटिङका क्रममा संचारकर्मीहरु हेमन्त काफ्ले र चिरञ्जीवी देवकोटामाथी कार्यक्रम स्थलको फोटो खिच्ने क्रममा दुब्यबहार भएको, सञ्चारकर्मीलाई पास व्यवस्था गरेर सुरक्षागार्डमार्फत सहयोग गर्नुपर्नेमा एनआरएनए अष्ट्रेलियाले समन्वय नगरेको भन्दै खेद प्रकट गरिएको छ । यस्तै नोभेम्बर १३ तारिखमा ब्रिजबेनमान सम्पन्न नेपाल फेस्टिभलमा समेत अष्ट्रेलियामा क्रियाशिल सञ्चारकर्मीलाई उपेक्षा गरिएको भन्दै एन्जाले आगामी दिनमा यस्ता गल्ती सुधार्न एनआरएन अष्ट्रेलियाको ध्यानाकर्षण गराएको छ । अष्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुले महिनौँ दिन अघिदेखी अष्ट्रेलियामा आयोजना हुने नेपाल समाजका हरेक कार्यक्रमलाई महत्वका साथ समाचार सामाग्रीका रुपमा उठन गर्दैआएको समेत एन्जाको विज्ञप्तीमा उल्लेख छ ।

एकपछि अर्को कार्यक्रममा पत्रकारमाथी गरिएको उपेक्षा र अवरोधले नेपाली मिडियाप्रति एनआरएन अनुदार छ भन्ने चरित्र उदांगो भएको एन्जाले ठहर गरेको छ । अष्ट्रेलियामा रहेका नेपाली सञ्चारकर्मीहरु अष्ट्रेलियाको प्रेन्स काउन्सिल आचरण, कानुनको अधिनमा रहेर नेपाली समाजलाई एकसुत्रमा बाध्न व्यवसायिक तथा सामुदायिक पत्रकारिता गर्न सधै प्रतिबद्ध रहेको दाबी गरेको एन्जाले गल्तीबाट पाठ सिकेर सुधार गर्न सुझाब समेत दिएको छ ।

यस्तो छ एन्जाको विज्ञप्ति :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6