Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको नकआउट चरणमा !

अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको नकआउट चरणमा !


एजेन्सी,काठमाडौं । अष्ट्रेलियाले १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश पाएको छ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १–० ले पराजित गरेसँगै अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो

अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाका लागि म्याथ्यु लेकीले रिले म्याग्रेको पासमा खेलको ६०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि अष्ट्रेलिया सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । तर इटलीसँग पेनाल्टी गोलमा १–० ले पराजित हुँदै अष्ट्रेलिया बाहिरिएको थियो भने इटलीले नै उक्त विश्वकप जितेको थियो ।

जारी विश्वकपमा समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अघि रहेर समूह विजेता बनेको छ । पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पारजित भएको अष्ट्रेलियाले ट्युनिसिया र डेनमार्कलाई पराजित गरेको थियो । अष्ट्रेलियाले अब समूह सी को विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6