Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ ब्रिजवेन नजिकै दोहोरो गोली हानाहानमा ६ जनाको निधन

ब्रिजवेन नजिकै दोहोरो गोली हानाहानमा ६ जनाको निधन


ब्रिजवेन/ अष्ट्रेलियाको ब्रिजवेनबाट १ सय किलोमिटर पश्चिममा पर्ने वेष्टर्न डाउन क्षेत्रमा प्रहरीसंगको दोहोरो गोली हानाहाना हुदा ६जनाको ज्यान गएको छ ।निधन हुनेमा स्पेसल अपरेसन टिमका दुई प्रहरी, एक सर्वसाधारण र तीन हतियारधारी समुहका सदस्य छन् ।

घटनामा अन्य दुइ प्रहरी समेत घाईते भएका छन् । हराईरहेको एक व्यक्ति बारे अनुसन्धानको क्रममा प्रहरी टोली सोमबार साझँ पौने ५ बजेतिर घटना भएको घरमा पुगेको थियो ।  ४ जनाप्रहरी उक्त घरमा पुग्ने बित्तिकै भित्रबाट प्रहरीलाई निशाना बनाएर गोली हानिएको बताईएको छ ।

प्रहरीले घटना भएको  ईलाका वरिपरी आपतकालिन क्षेत्र घोषणा गरेको छ ।

कुन्सल्याण्ड प्रहरी प्रमुख क्याटरिना क्यारलले यो घटना निधन भएका प्रहरी, सर्वसाधारण र उनीहरुको परिवार र सिंगो प्रहरी संगठनकालागि दुखद भएको बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6