Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा मारिएका तीनजनाको स्मरण गर्दै स्टार क्रिकेटरको शोक तथा सान्त्वना कार्यक्रम !

ब्रिजबेनमा मारिएका तीनजनाको स्मरण गर्दै स्टार क्रिकेटरको शोक तथा सान्त्वना कार्यक्रम !


ब्रिजबेन । ब्रिजबेनको पश्चिमी क्षेत्रमा भएको गोलीकाण्डमा मारिएका तीनजनाको सम्झनामा शनिबार अष्ट्रेलियाली क्रिकेटरहरुले शोक तथा सान्त्वना कार्यक्रम गरेका छन् ।

अष्ट्रेलियाली क्रिकेटरहरूले गाब्बामा पहिलो टेस्ट सुरु हुनुअघि क्वीन्सल्याण्ड प्रहरी सेवाका सदस्यहरूलाई सान्त्वना दिदै शोक कार्यक्रमको आयोजना गरेका हुन् । दक्षिण अफ्रिका बिरूद्धको खेल सुरु हुनु अघि क्वीन्सल्याण्डका पुलिस अधिकारीहरू अफिसर राहेल म्याक्रो र म्याथ्यू अर्नोल्ड र छिमेकी एलन डेरलाई श्रद्धांजलि अर्पण गरिएको थियो सोमबार राती वाइम्बिलामा घेराबन्दीको क्रममा गोली हानी मारिएका तीन सदस्यको स्मरणमा प्रहरी अधिकारी र अस्ट्रेलियाली क्रिकेट टोलीले केही समय मैदानमै मौन धारण समेत गरेको थियो ।

टेस्ट क्रिकेटर डेभिड वार्नर र स्टिभ स्मिथ श्रद्धांजलि पछि पुलिस अधिकारीहरूलाई सान्त्वना दिने कार्यक्रममा सहभागि भएका थिए । कार्यक्रममा उपस्थित सबैले प्रहरी अफिसरसँगै अरु मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6