Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रचण्डले हटाएका रवि ६ वर्षपछि आफ्नै सारथी, अब मन्त्रिपरिषदमै हुनेछ बहस र डाइलग !

प्रचण्डले हटाएका रवि ६ वर्षपछि आफ्नै सारथी, अब मन्त्रिपरिषदमै हुनेछ बहस र डाइलग !


काठमाडौं । पत्रकारिताको सुरुवाती समयमा खासै चर्चा र गतिलो तलब सुविधा नपाएर अमेरिका हानिएका रबी लामिछाने पुनः नेपाल फर्किएर नेपाल टेलिभिजनमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाएसँगै चर्चामा आएका थिए ।

एमाले अध्यक्ष केपी ओली पहिलोपल्ट प्रधानमन्त्री बनेका बेला २०७३ बैशाख ११ गतेदेखि यो कायक्रम सुरु भएको थियो, यसका योजनाकारसँगै प्रस्तोता थिए रवि लामिछाने । ०७३ मा साउनमा प्रचण्ड दोस्रोपल्ट प्रधानमन्त्री बनेसँगै यो कार्यक्रमबाट रविलाई हटाएर माओवादी निकट बबिन शर्माले चलाए पनि केही समयपछि बन्द भएको थियो । कार्यक्रमबाट हटाइएपछि रविले छलफलका लागि प्रधानमन्त्री प्रचण्डसँग ५ मिनेटको समय मागेपनि भेटघाट गर्न पाएनन । यसपछि रविले चुनौँती दिदै भनेका थिए, तपाईलाई ५ मिनेटमात्र भेट्ने पनि हैसियत मेरो रहेनछ । धेरै कुरें र धेरैलाई गुहारें । अब कुर्न पुग्यो प्रधानमन्त्री ज्यू । ठिकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईलाई लाग्ने गरी मेहनत गरुला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन। मलाई त्यो दिनको प्रतिक्षा रहिरहेनछ ।

यसपछि न्यूज २४ टिभिबाट सिधा कुरा जनतासँग कार्यक्रम चलाएसँगै रविको चर्चा र हैसियत उचो बन्दै गयो । लामिछानेले सन् २०२१ जनवरीबाट ग्यालेक्सी फोरके टेलिभिजनको सुरुवातसँगै सिधा कुरा नामक नयाँ संस्करण सुरु गरे । २०७९ असार २ मा, ग्यालेक्सी फोरके टेलिभिजनबाट राजीनामा दिएका रविले २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी नामक नयाँ राजनीतिक दल गठन गरेका थिए । हो अहिले ६ वर्षअघि प्रचण्डलाई दिएको चुनौँती जस्तै चमत्कारिक हैसियत बनाउँदै रवि लामिछाने उनै प्रचण्ड सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् ।

प्रचण्डले हटाएका तिनै रवि प्रचण्डकै तेस्रो प्रधानमन्त्री कालमा ६ वर्षपछि उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा मन्त्रिपरिषद्मा अब डाइलग गर्नेछन् । सामाजिक सञ्जाल र टेलिभिजनको पर्दाबाट होइनसँगै रहेर सुझाब र खबरदारी गर्ने हैसियतमा छन् । हुन त, रवि खबरदारीसँगै चुनौँतीको समेत सामना गर्नुपर्ने अवस्थामा छन् । सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक बनेका उनै रवि अमेरिकी नागरिकता परित्याग गरेपछि पहिलेको नेपाली नागरिकता पुनर्जीवित भएको दाबी गरिरहेका छन् । तर उनको नागरिकताको बिवाद यतिबेला उनकै मन्त्रालय मातहतका निकायमा छाविनको क्रममा छ । अदालतमा रिट समेत परेको छ । आफूमाथीको अनुसन्धान छानविनमा सघाउँछन वा प्रभावित पार्न भुमिका खेल्छन ? चासोका साथ प्रतिक्षा भैरहेको छ । ठगी वा भ्रष्टाचारको मुख्यतया सिकार भएका सर्वसाधारणका गुनासोलाई आफ्नो कार्यक्रममा स्थान दिने गरेका रविले अब अनुभुत हुनेगरि काम गर्छन कि गर्दैनन ? अग्निपरिक्षा सुरु भएको छ ।

यस्तो थियो ६ वर्ष अघि कार्यक्रम खोसिएपछि रविले लेखेको स्ट्याटस
प्रधानमन्त्री ज्यू, अब हामी आफ्नो कार्यक्रम अझ बेजोडले संचालन गर्दैछौ । हामीबाट छल र बलपुर्वक खोसिएको कार्यक्रमको लोगो र अन्य श्रब्य दृश्य सामग्री अब नयाँ बनाउनुहोला । अब तिनको प्रयोग हामी आफै नै गर्दैछौ । नयाँ बनाउन नसक्ने भए हामीलाई खबर गर्नुहोला, सहयोग गर्न तयार छौं । तर हाम्रो बौद्धिक सम्पत्ति अब आउने कार्यक्रमबाट प्रयोग नगरी दिनुहोला । तपाईलाई ५ मिनेटमात्र भेट्ने पनि हैसियत मेरो रहेनछ । धेरै कुरें र धेरैलाई गुहारें । अब कुर्न पुग्यो प्रधानमन्त्री ज्यू । ठिकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईलाई लाग्ने गरी मेहनत गरुला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन। मलाई त्यो दिनको प्रतिक्षा रहिरहेनछ । तपाईबाट नै उद्घाटित संसारकै सर्वाधिक लामो टक शो संचालन गरि विश्व किर्तीमान राखेको प्रमाणपत्र दिंदा मलाई Guinness World Records का अधिकारीले भनेका थिए YOU ARE OFFICIALLY AMAZING” । हो अब चाही महशुस हुने गरी AMAZING हुनु छ।

जनता र प्रधानमन्त्री विचको पुल स्वरुप बनेको कार्यक्रमबाट यसको परिकल्पनाकार र संचालकलाई हटाएर तपाईले के के न गर्नु होला भन्ने ठानेका थियौ, तर नतिजा देखियो। हुन त कत्रा कत्रा विषय मिलाउन ब्यस्त तपाईलाई यो विषय नाथे लाग्ला तर मेरा लागि यो विषय सानो हुन सकेन। धेरै समय लगाएर दुख र संघर्ष गरेर निर्माण गरेको कार्यक्रम कति निर्ममतापुर्वक खोस्नु भो है। कार्यक्रममा तपाई अहिले बस्ने गरेको कुर्सीसमेत अघिल्लो दिन आफैले किनेर ल्याएका थियौ हामीले, किन भने अघिल्लो प्रमको कुर्सीमा तपाई नबस्ने भन्ने खबर आयो। पुरै टिम मिलेर रातभर तपाईकालागि भनेर सेट परिवर्तन गरियो। तर तपाई त मलाई काम लगाएर मेरै कार्यक्रमबाट मलाई नै हटाउने सुर गर्दै पो हुनुहुदो रहेछ, तपाईसंग कार्यक्रम संचालन गर्ने लालच होइन तर चित्त चाही नराम्रोसँग दुख्यो।तर जे भो राम्रो भो। तपाईको कार्यकाल सफल रहोस्। शुभ कामना! मलाई माया र हौसला प्रदान गरि दिनु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अब स–गौरव प्रस्तुत छ, जनताको चासो, गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम “सिधा कुरा जनतासँग’ । प्रतिक्षा गर्नुहोला ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6