Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा रबि लामिछाने । ‘सिधाकुरा’ ले गर्दैछ चिरफार

अष्ट्रेलियामा रबि लामिछाने । ‘सिधाकुरा’ ले गर्दैछ चिरफार


सिड्नी

नेपालका चर्चित संचारकर्मी रबि लामिछाने अष्ट्रेलिया आईपुगेका छन् ।
‘सिधाकुरा जनतासंग’ काे टिम र श्रीमतिसहित बिहिबार दिउसाे सिड्नी ओर्लिनु भएका रबिले विभिन्न शहरमा कार्यक्रम गर्ने तय भएकाे छ ।
सिड्नीकाे अनलाईन संचारमाध्यम लाहुरे टिभीकाे संयाेजनमा अष्ट्रेलिया आउनु भएका रबिकाे पहिलाे कार्यक्रम शुक्रबार साझ हुदैछ ।
नेपालीहरुकाे बाक्लाे बसाेबास रहेकाे हर्जविलकाे मराना अडिटरियम हलमा साझ ६ बजे कार्यक्रम हुदैछ ।
कार्यक्रममा खासगरी यहाँ रहेका नेपाली विद्यार्थीहरुकाे समस्याकाे चिरफार गर्ने बताईएकाे छ ।

विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै रबि लामिछानेले एजुकेशन हब बनेकाे अष्ट्रेलिया विकसित देशकाे रुपमा भन्दा पनि विद्यार्थीकाे बढ्दाे समस्याका रुपमा हेरेर आएकाे बताउनुभयाे ।
‘हामीलाई आएकाे गुनासा अनुसार हामी यहाँ पहिलै आउनुपर्ने हाे’-रबिले भन्नु भयाे – ‘कार्यक्रममा आएर निर्धक्क आफ्ना समस्या राख्नुस्, हामी तपाईकाे गाेपनियताकाे ख्याल गर्छाै’।

कार्यक्रमका लागि सिधाकुराका निर्माता तथा पत्रकार दीपक बाेहाेरा र निकिता पाैडेल पनि आउनु भएकाे छ ।

सिधाकुरा कार्यक्रम सिड्नीपछि क्यानवेरा र पर्थमा पनि हुने आयाेजकले जनाएकाे छ।

विद्यार्थीकाे समस्या चिरफार गर्न भन्दै रबि लामिछाने अष्ट्रेलिया आएपछि यहाँकाे नेपाली समाजमा तरंग फैलिएकाे छ ।
खासगरि हालसालै सयाै नेपाली विद्यार्थीकाे भविष्य अन्याैल हुने गरि भएकाे एआईबिटी काण्डमा अधिकांश कन्सल्टेन्सीहरुकाे नाम मुछिएकाे छ। यहाँका नेपाली भाषी संचारमाध्यमहरुले यस विषयमा समाचार सार्वजनिक गरेपछि पिडित विद्यार्थीहरुले रबि लामिछानेकाे कार्यक्रम सिधाकुरा जनतासंगमा पनि आफ्ना गुनासा राखेका थिए ।
रबिले लाईभ कार्यक्रममै विद्यार्थी डुबाउने कन्सलटेन्सीलाई नछाेड्ने चेतावनी दिएका थिए ।
रबिले आफ्नाे यात्रामा त्याे विषयकाे पनि फलाेअप गर्ने बताईरहदा अष्ट्रेलिया विद्यार्थी पढाउने कन्सल्टेन्सीहरुकाे साताे गएकाे छ ।
तर, रबिकाे अष्ट्रेलिया यात्राकाे सहयात्रीमा कन्सल्टेन्सीहरु पनि भएकाले याे विषय उठान गर्न कत्ति सजिलाे हाेला ?

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6