Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaहुण्डीले डुबाउला है ! यसरी चिनौँ बैधानिक रेमिट

हुण्डीले डुबाउला है ! यसरी चिनौँ बैधानिक रेमिट


ब्रिजबेन । अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा अबैधानिक माध्यमबाट अर्थात हुण्डीबाट पठाइका कारण धेरैले लाखदेखी करोडौँ गुमाएका छन् । अब अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा कुन माध्यमबाट पठाउने त ? धेरैको प्रश्न हुनसक्छ । बैधानिक रेमिट कम्पनी पहिचान गरेर आर्थिक कारोबार गरेमा ठगिने र सम्पत्ति शुद्धिकरणको झमेलामा फस्ने जोखिम हुँदैन ।

केहीदिनअघि मात्रै अष्ट्रेलियामा बसोबास गर्दै आएका तीन जनाले आमाबुबालाई पठाएको २३ लाख पैसा हुण्डीवालाको भर पर्दा गुमाउनु परेको थियो । अष्ट्रेलियाबाट पैसा पठाउँदा ठगिएको भन्दै कतिपयले गर्दैआएको गुनासोको समाधानका लागि नेपालट्युबले बैधानिक रेमिट कम्पनीको खोजी गरेर वास्तबिकता उजागर गरेको छ । वल्ड रेमिट, वेस्टर्न युनियन र रेमिट्ली जस्ता अन्तर्राष्ट्रिय कम्पनीमार्फत पैठा पठाउँदा ठगिने डर हुँदैन । अष्ट्रेलियाका २८ वटा कम्पनीहरुले पनि नेपालको बैंक, विकास बैंक, रेमिट कम्पनीहरु मार्फत नेपालमा पैसा पठाउन नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका छन्। यी अनुमति पाएका कम्पनीहरुले अष्ट्रेलियामा छुट्टाछुट्दै विजनेस नाम राखेर समेत कारोबार गर्ने गरेका छन् । अष्ट्रेलियाको कम्पनी नियम अनुसार कम्पनीका रुपमा दर्ता भएका व्यवसायले छुट्टाछुट्दै विजनेस नाममार्फत कारोबार गर्न पाउछन् ।

तपाइले कारोबार गरिरहेको रेमिट कम्पनी राष्ट्र बैंकबाट ईजाजत प्राप्त कम्पनीका विजनेस न्याम अर्थात व्यवसायीक नाम समेत हुनसक्छन । तपाईले कारोबार गरिरहेका अष्ट्रेलियाका रेमिटहरुका व्यवसायीक नाम र मुख्य कम्पनीहरु पहिचान गर्न सबैभन्दा पहिला अष्ट्रेलियन सरकारको एबीएन लुकअप मा गएर नाम खोज्न सक्नुहुन्छ । यहाँ भेटिएका रेमिटका व्यवसायीक नाम वा मुख्य कम्पनी राष्ट्र बैंकको इजाजतप्राप्त भए नभएको यो फोटोबाट पहिचान गर्नुहोस् ।

नेपाल र अष्ट्रेलियामा रेमिट कारोबार गर्ने केही कम्पनीले हुण्डी कारोबार गरिरहेको गुनासो आउने गरेको छ । सिड्नीस्थित सेतोपाटी संवाददाता हेमन्त काफ्लेले दर्ता भएका केही रेमिट कम्पनीहरुमार्फत समेत हुण्डि कारोबार गरेको बताउनुभयो । अष्ट्रेलियामा क्रियाशिल पत्रकार काफ्ले नेपाल राष्ट्र बैंकमा दर्ता भएका कम्पनीहरुमार्फत पठाइने पैसा मात्रै बैधानिक कारोबार हुने भएकाले थोरै बचतको लोभमा नफस्न आग्रह गर्नुभयो । हुण्डीबाट श्रोत नखुल्नेगरि पठाइएको पैसा गलत प्रयोजनमा प्रयोग हुने, सम्पत्ति सुद्धिकरणको कारबाहीमा पर्ने भएकाले बेलैमा सचेत हुन विज्ञहरुले सुझाब दिएका छन् ।

कसरी चिन्ने त बैधानिक रेमिट र हुण्डी ?
अष्ट्रेलियाको लिगल रेमिटका प्रतिनिधि विबेकले नेपालका कमर्सियल बैंकले अफर गरेको सार्वजनिक रेट भन्दा बढी दिन्छु भनिएमा शत प्रतिशत हुण्डी कारोबार हुने बताउनुभयो । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको १ प्रतिशत इन्ट्रेस रेट नदिने, कन्ट्रोल नम्बर उपलब्ध गराउन नसक्ने, व्यक्तिको नाममा भएको कारोबार अबैधानिक आर्थिक गतिबिधि अर्थात हुण्डी हुने विज्ञहरुको सुझाब रहेको छ ।


ट्याग : #हुण्डीले डुबाउला # अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने # वैध रेमिटहरु # Licensed Remit to Send money to Nepal from Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6