Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएप्समार्फत मोवाईलमा ह्याकरको पहुँच, यसरी चोरी हुनसक्छ बैंक र वालेटको पैसा

एप्समार्फत मोवाईलमा ह्याकरको पहुँच, यसरी चोरी हुनसक्छ बैंक र वालेटको पैसा


काठमाडौं । मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशनमार्फत ठगिने क्रम बढेको तर्फ सचेत गराउँदै प्रहरीले नखोल्न आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले सबैलाई सचेत गराउँदै यस्तो अनुरोध गरेको हो ।

अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले हिजो सार्वजनिक गरेको थियो। एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको पाइएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारि दिए । अहिलेसम्म पक्राउ परेको गिरोहले २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।

यसरी हुँदैआएको थियो ठगी
‘के तपाई पनि सेक्स पार्टनर खोज्नु भइरहेको छ अब ढुक्क बस्नु । नेपाली गर्ल डट एपीकेलाई इन्स्टल गर्नुहोस् र सेक्स पार्टनर खोज्नुहोस् त्यसमा कन्ट्याक्ट नम्बर र फोटो साथै रेट पनि त्यसमै छ ठाउँ पनि उपलब्ध छ’, ब्यहोरासहित वाट्सएपमा सबै भन्दा पहिला लिंक पठाइने गरेको पाइएको छ । यस्तो एप्लिकेसन इन्स्टल गर्नेक्रममा ‘तपाईको डिभाइसमा पूरा पहुँच हुने छ’ भन्ने व्यहोरासहित ओके थिच्ने अप्सन आउने र ओके थिच्दा गिरोहले मोबाइलका सबै विवरण आफ्नो नियन्त्रणमा राख्ने गरेको प्रहरी अधिकारीको दाबी छ । गिरोहले बानेश्वरमा सफ्टवेयर राखेर धन्धा चलाउँदै आएको थियो । बैंक खातामा पहुँच राखेपछि पैसा ट्रान्सफर गर्न विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरेर बैंक खाता तथा इसेवा, खल्तीजस्ता मोबाइल वालेट खोल्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ह्वाट्सएपमार्फत् एपको लिङ्क पठाउने र लिङ्क खोल्नसाथ मोबाइलमा एप डाउनलोड भएर मोबाइलमा रहेका विवरणहरु उनीहरुको पहुँचमा पुग्ने गरेको अनुसन्धानबाट खुलेसँगै प्रहरीले सबैलाई सचेत हुन आह्वान गरेको छ । शङ्कास्पद एप्लिकेशन मार्फत हुने ठगी रोक्न प्रहरीसँगै आम नागरिक समेत सचेत हुनुपर्ने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6