Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनातिनीको भिडियो टिकटकमा पोष्ट गर्दा अष्ट्रेलियामा नेपाली हजुरआमा पक्राउ

नातिनीको भिडियो टिकटकमा पोष्ट गर्दा अष्ट्रेलियामा नेपाली हजुरआमा पक्राउ


क्यानवेरा/ अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षिय नेपाली हजुर आमा पक्राउ परेकी छिन् । अष्ट्रेलियन संघिय प्रहरीको विज्ञप्ती अनुसार आइतबार साझ उनलाई आफ्नै घरबाट पक्राउ गरि तीन वटा मुद्धा लगाइएको छ । उनीमाथी आफ्नै २ वर्षिय नातिनीमाथी अश्लिल प्रकारको व्यवहार गरि भिडियो बनाएर टिकटकमा पोष्ट गरेको अभियोग लागेको छ ।

प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध जबरजस्ती अश्लिल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको लगायत अभियोग लगाइएको छ । सजिलोका लागि ती अभियोगहरु अग्रेंजीमा समेत उल्लेख छ ।

She has been charged with aggravated acts of indecency against a child under 10 years, using a child to produce aggravated child exploitation material and using a carriage service for child abuse materials.

गत महिना बालबालिका सम्बन्धी अश्लिल भिडियो पोष्ट भएको भन्दै टिकटकले भिडियो डिलिट गरेर संघिय प्रहरीलाई सुचना दिएको थियो ।
आज अभियुक्त हजुरआमालाई भिडियो कल मार्फत स्थानिय म्याजेष्ट्रि अदालतमा उपस्थित गराइएको थियो । हजुरआमाका ज्वाईले नेपालट्युबलाई दिएको जानकारी अनुसार आगामी फेब्रुअरी २८ तारिखमा अदालतमा उपस्थित हुने सर्तमा धरौटीमा रिहा गरिएको छ ।
ज्वाइका अनुसार ती हजुर आमा भर्खरै जन्मिएकी नातिनी स्याहार्न ९ महिना अघि मात्र अष्ट्रेलियाका आएकी थिईन् । गत महिना नातिनीलाई तेल लगाएर मालिस गरेपछि हजुरआमाले भिडियो बनाएर टिकटकमा पोष्ट गरेको बताइएको छ । लगत्तै टिकटकले अकाउण्ट नै बन्द गरेको थियो ।

 

If you or someone you know is impacted by sexual assault, domestic or family violence, call 1800RESPECT on 1800 737 732 or visit 1800RESPECT.org.au. In an emergency, call 000.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6