Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअभिनेता पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ, सोमबार रिहा हुँदै

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ, सोमबार रिहा हुँदै


काठमाडौं । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएसँगै एक वर्षपछि हिरासतमुत्त हुने भएका छन् । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि गरिएको पुनरावेदनमा उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दावी नपुग्ने ठहर गरेसँगै पल सोमबार रिहा हुने भएका हुन ।

बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन भएको थियो । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिएपनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको बारेको पुनरावेदनबाट न्याय मिलेको बताउनुभयो । यही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले भने शाहलाई सफाइ दिएको थियो ।


ट्याग : #अभिनेता, #उच्च अदालत पोखरा, #एक वर्षपछि हिरासतमुत्त, #पल शाह
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6