Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ नेपाली कम्पनीको हाईब्रिड फ्लोरिङ अष्ट्रेलियामा हत्तपत्त आगोले नछुने, ३० प्रतिशत सस्तो

नेपाली कम्पनीको हाईब्रिड फ्लोरिङ अष्ट्रेलियामा हत्तपत्त आगोले नछुने, ३० प्रतिशत सस्तो

हातको चोटले जन्मिएको व्यवसाय


मेलवर्न/ नेपालीले संचालन गरेको गोरखा फ्लोरिङले बजारको माग अनुसार हाईब्रिड फ्लोरिङ बजारमा ल्याएको छ । हिजो मेलवर्नमा एक समारोहमा ढुंगा र प्लाष्टिकबाट बनेको एसपिसी प्रविधीको फ्लोरिङ सार्वजनिक गरिएको हो । कार्यक्रममा गोरखा फ्लोरिङका संचालक रमेश श्रेष्ठले लकिङ सिष्टम समेत भएको उच्च गुणस्तरको यो फ्लोरिङ अन्यभन्दा ३० प्रतिशत कम मुल्यमा उपभोक्ताले किन्न सक्ने बताउनुभयो ।

ढुंगा र प्लाष्टिकको मिश्रण भएकाले यो फ्लोरिङलाई हत्तपत्त आगोले नछुने र कोरिएको दाग नबस्ने श्रेष्ठको भनाई छ । त्यस्तै केहीदागधब्बा लागेपनि सजिलै सफा हुने तथा पानीले समेत खासै असर नगर्ने यस फ्लोरिङको विशेषता भएको उहाँको दाबी छ ।

आगोले पोलेर देखाउदै गोरखा फ्लोरिङका प्रतिनिधी

त्यस्तै यो फ्लोरिङमा २५ वर्षको वारेन्टी समेत दिईएको छ । फ्लोरिङ क्षेत्रमा लामो समय काम गरिरहनु भएका रमेशले आफ्नी श्रीमती शुभ श्रेष्ठसंग मिलेर लकिङ प्रविधीको हाईब्रिड फ्लोरिङको डिजाईन गरेको हो ।

आफ्नै उत्पादन र गुणस्तरमा सम्झौता नगरेका कारण यस फ्लोरिङ औपचारिक रुपमा सार्वजनिक नहुदै एउटा कनसाईनमेन्ट बिक्रीभईसकेको श्रेष्ठको भनाई छ ।

मेलवर्नको कार्यक्रममा रियल स्टेट, बिल्डर्स र शुभचिन्तकहरुको माझ यो फ्लोरिङ सार्वजनिक गरिएको हो । कार्यक्रममा सहभागीहरुलेसफलताको शुभकामना दिएका थिए ।

हातमा चोट लागेपछि बने उद्योग मालिक

कार्यक्रममा नयाँ फ्लोरिङका बारेमा घोषणा भईरहदा धेरैको आखा रसाएको थियो । रमेश श्रेष्ठले कार्पेट क्लिनर भएरकाम गर्दा हातमा लागेको चोटको फोटो देखाउदै विद्यार्थीकालको संघर्ष सुनाउदा धेरैको मन भारी भएको थियो । कार्पेट क्लिनिङ गरेकोअनुभव र केही गर्छु भन्ने दृढ संकल्पका कारण गोरखा फ्लोरिङ जन्मिएको रमेशको भनाई थियो । क्लिनिङ गर्दा हातमा चोट लागेर कामगर्न नसकेपछि फ्लोरिङको व्यवसाय गर्ने सोच पलाएको रमेशको भनाई छ ।

हातमा लागेको चोट देखाउदै रमेश

‘एकातिर काम गर्न नसकिने अर्को तिर सानो बच्चा साथमा’-रमेशले भने -‘यस्तो बेलामा के गर्नै सोच्न सकिरहेको थिईन ।’  ‘आफैले जानेको सिप प्रयोग गर्न मिल्ने फ्लोरिङको व्यवसाय गर्ने सोच आयो’ – रमेश भन्छन् – ‘तर बजारमा स्थापित कम्पनीहरुसंग प्रतिष्प्रधा गर्न सजिलो थिएन ।’  तर, लगन, मेहनत, ईमान्दारिता र केही गर्ने हुटहुटीले व्यवसायले सफलता पाउदै गएको रमेशको भनाई छ । ड्यानी श्रेष्ठ र अच्युत खड्का जस्ता साथी तथा श्रीमती र दाई लोकेन श्रेष्ठको साथले व्यवसाय हुर्काउन थप मद्दत पुगेको रमेशको भनाई छ । गोरखा फ्लोरिङको हाल मेलवर्न र पर्थमा स्टोर छ ।

श्रीमती शुभका साथमा रमेश

अर्गाखाँचीमा जन्मिएर बुटवलमा हुर्किएका रमेश सन् २००८ मा अध्ययनका लागि अष्ट्रेलिया आएका थिए । दुई सन्तान र एक श्रीमतिसंग सहित मेलवर्नमा बस्दै आएका रमेश सफा मनका धनी छन् ।


ट्याग : #Australia, #Gorkha flooring, #Melbourne, #nepali
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6