एआईबिटी ईन्टरनेशनल कलेज खारेज नहुने । विद्यार्थीलाई राहत ।
सिड्नी
अष्ट्रेलियन इन्सटिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईबिटी) इन्टरनेशनल कलेजको दर्ता खारेज उल्टिएको छ ।
कलेजको दर्ता खारेज गरेको निकाय अष्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (आस्क्वा) ले आफ्नो निर्णय फिर्ता लिएसंगै कलेजको खारेजी उल्टिएको हो । अब कलेजले आफ्नो काम कारवाहि यथावत् संचालन गर्न पाउने भएको छ ।
आस्क्वाको निर्णयविरुद्ध कलेजले संघिय अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दाको सुनुवाई जुन ५ तारिखमा हुदै थियो । तर, सुनुवाई हुनुपुर्व नै आस्क्वाले आफ्नो निर्णय सच्चाएको कलेजद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
। खारेजीको निर्णय उल्टिएसंगै त्यहाँ अध्ययनरत नेपाली लगायत संयौ विद्यार्थीले राहतको स्वास फेरेका छन् ।
यस अघि आस्क्वाले तीन महिनाअघि एकै नामको एआइबिटी कलेजको दर्ता खारेज गरेको छ । त्यसको एएटिमा सुनुवाई भईरहेको छ ।
कलेजले एएटीमा गरेको पुनरावेदन पटक पटक अन्तरिम आदेश जारी गर्दै सरेपछि विद्यार्थीहरुले पनि ठोस कदम लिन सकेका छैनन ।
हाल अष्ट्रेलियामा ५० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । नेपाल अष्ट्रेलियामा विद्यार्थी पढाउने तेस्रो ठुलो राष्ट्र समेत हो ।
ट्याग : ##AIBT #Australia #Nepali Student, #AIBT, #Australia















तपाईको प्रतिक्रिया