Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनओसी नरोक्न माग गर्दै विद्यार्थी आन्दोलनमा, शिक्षामन्त्रीको राजीनामा माग !

एनओसी नरोक्न माग गर्दै विद्यार्थी आन्दोलनमा, शिक्षामन्त्रीको राजीनामा माग !


काठमाडौं । ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन सुरु गरेका छन् । एनओसीको मापदण्डमा कडाई गर्दै पहिलो पटक ल्याइएको निर्देशिकाका कारण मारमा परेको भन्दै विभिन्न इन्स्ट्युटहरूमा भाषा पढिरहेका विद्यार्थीहरू नयाँ बानेश्वर क्षेत्रमा भेला भएर स्वतस्फूर्त रुपमा आन्दोलित भएका हुन ।

विशेषगरी भाषा र डिप्लोमा कोर्स अध्ययन गर्न जानका लागि निर्देशिकाले रोक लगाएपछि प्लस टु सकाएर विदेश पढ्न जाने सोचमा रहेका विद्यार्थीहरु असन्तुष्ट बनेका छन् । निर्देशिका जारी भएसँगै जापानमा पढ्न जाने विद्यार्थीहरू पूर्ण रूपमा बन्देजमा पर्ने भएका छन् । यता, अस्ट्रेलिया, क्यानडा लगायतका देशमा समेत सीमित कोर्स तथा भाषा अध्ययनका लागि जान चाहाने विद्यार्थीहरु मारमा परेका छन् ।

यस्तो छ आन्दोलित विद्यार्थीको आक्रोश
एनओसी नरोक्न माग गर्दै आन्दोलित विद्यार्थीहरुले अधिकार मात्रै खोजेका छैनन सरकारविरोधी नारा समेत लगाइरहेका छन् । नालायक सरकार राजिनामा दे, हामिलाई एनओसी चाहिन्छ, बिवेकहिन सरकार राजिनामा दे, नालायक शिक्षामन्त्री राजीनामा दे, हाम्रो अधिकार खोस्न पाइदैन, विद्यार्थीको भविश्यमाथी खेलवाड गर्न पाइदैन, हामी खाँडी जान चाहान्नौँ लगायतका नारा लगाएर विद्यार्थीहरु आन्दोलित भएका छन् । प्लटु सकाएर विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरुको विशेषगरि यो आन्दोलनमा सहभागि छन् ।

शैक्षिक परामर्श क्षेत्रका विभिन्न सङ्घ संस्था समेत बिरोधमा
‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै शैक्षिक परामर्श क्षेत्रका विभिन्न सङ्घ संस्थाहरूले समेत विरोध गर्दै आएका छन् । परामर्श संस्थाका प्रतिनिधिहरुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई समक्ष ज्ञापन पत्र समेत बुझाएर निदेशिका परिमार्जनपछि मात्रै कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।

प्लस टु सकाएर विदेश पुग्ने युवायुवतीले जोखिम उठाउन नसक्ने, उच्च शिक्षाका नाममा कमाउन केन्द्रीत भएको, स्वदेशका शैक्षिक संस्था मारमा परेको लगायतका कारण देखाउँदै एनओसी सम्बन्धी व्यवस्थामा केही कडाईसहित निर्देशिका ल्याइएको र परिमार्जन भन्दा कार्यान्वयन पहिलो प्राथमिकता भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जिकिर गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6