Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘नक्कली शरणार्थी प्रकरण ट्रेलर मात्रै, पुरा फिल्म आउनै बाँकी छ’ : प्रधानमन्त्री प्रचण्ड

‘नक्कली शरणार्थी प्रकरण ट्रेलर मात्रै, पुरा फिल्म आउनै बाँकी छ’ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउनेविरुद्धको कारबाही जस्तोसुकै दबाब आएपनि नरोकिने बताउनुभएको छ । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अभियुक्तहरुको खोजी र कारबाही कसैले प्रभावित पार्न नसक्ने बताउनुभएको हो ।

‘आरोपित विरुद्धको कारबाही रोकिँदैन, प्रक्रिया, पद्धति र ऐन अनुसार दृढताको साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट यो काण्ड निष्कर्षमा पुग्छ’ प्रचण्डले भन्नुभएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको दाबी गर्दै पूरा फिल्म देख्न बाँकी रहेको प्रधानमन्त्री प्रचण्डको जिकिर थियो । अब भ्रष्टाचारीहरुको ठूला फाइल खोल्ने र कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने प्रचण्डको दाबी छ ।

एमाले अध्यक्ष ओलीले तपाईँसँग टोपबहादुर रायमाझीलाई बचाउन आग्रह गर्नुभएको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अस्ति र आज उहाँसँग यो विषयमा कुराकानी भयो तर उहाँले प्रधानमन्त्रीसँग कसैलाई बचाउने कुरा गर्न मिल्दैन, प्रधानमन्त्रीसँग यस्ता कुरा गर्न कसैले पनि सक्दैन ।’ आफू दबाबमा नपरिकन काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता रहेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6