Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुगुमा हिमपहिरो : यार्सा टिप्न पुगेका तीन जनाको ज्यान गयो !

मुगुमा हिमपहिरो : यार्सा टिप्न पुगेका तीन जनाको ज्यान गयो !


काठमाडौं। हिम पहिरोमा परेर यार्सा सङ्कलनका लागि पुगेका तीन जनाको मृत्यु भएको छ । हिम पहिरोमा परेर शनिवार जुम्लाको पातारासी गाउँपालिका–२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारि दिनुभएको हो ।

मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा यार्सा सङ्कलनका लागि शनिबार १५ जनाको टोली पुगेको स्थानमा हिम पहिरो गएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालय मुगुले मौसम राम्रो छैन भनेर खुलाएको नै रहिन्छ । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिएको थियो । उनीहरूलाई एक पटक फर्काएको थियो । तर, जबरजस्ती गरेर कता कुन बाटोबाट लुकेर गएछन्, यस्तो घटना भयो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले १३ जना घर फर्किएको र ३ जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार, प्रहरी कार्यालय मुगुले उद्धारका लागि पहल गरिएको जानकारि दिनुभयो । घटनाको थप विवरण भने आउन बाँकी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6