Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेसमा कम्पन ल्याउने तयारीमा महामन्त्री गगनकुमार थापा, सञ्जालमा लेखे ‘अब त अति भो!’

कांग्रेसमा कम्पन ल्याउने तयारीमा महामन्त्री गगनकुमार थापा, सञ्जालमा लेखे ‘अब त अति भो!’


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको तीव्र असन्तुष्टि सतहमा ल्याउनुभएको छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले पार्टी संस्थापनप्रति तीतो पोख्नुभएको हो ।

पार्टीको जिम्मेवारी र सीमाका कारण प्रतिरोध गर्न नसके पनि अब मौन नबस्ने संकेत गर्नुभएका थापाले लेख्नुभएको छ, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो !’

कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र कम्पन ल्याउने गरी आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा पोखेसँगै अब पार्टी भित्र समानान्तर गतिबिधि गर्ने चर्चा समेत चलिरहेको छ । सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट दिक्क भएका उनी गगन ‘बोल्ड’ कदमको तयारीमा रहेको बुझिन्छ । गत वर्षको पुसमा पार्टीको १३ औं महाधिवेशनबाट गगन अत्यधिक मतका साथ महामन्त्री विजयी बने । अर्का लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा पनि समान हैसियतमा कांग्रेसका महामन्त्रीमा निर्वाचित भए । तर, दुवै महामन्त्रीले आफ्नो पद अनुसारको हैसियत र भूमिका पाउन नसकेपछि असन्तुष्टि चुलिएको छ ।

अहिले पनि पुरानै ढर्रामा पार्टी चलेको, सभापति शेरबहादुर देउवाको मनोमानी यथावत रहेको भन्दै विगतमा कम्युनिष्ट पार्टीहरुले अभ्यास गरेको जस्तो पार्टीसँग समानान्तर अभियान अगाडि बढाउने गृहकार्यमा गगन समूह जुटेको बुझिएको छ । यद्यपि, अहिल्यै समानान्तर कमिटी गठन गर्नेसम्मको तयारीमा भने गगन नरहेको उनी निकट श्रोतको दाबी छ । समानान्तर कमिटी बनाएर पार्टीलाई विभाजनतिर लैजाने भन्दा पनि आफ्नै ढंगले माथिदेखि तलसम्म समानान्तर कार्यक्रम र गतिविधि गर्ने योजनाको भने भित्रभित्रै तयारी भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6