Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजापान पठाउने प्रलोभनमा पारेर साँढे २ करोड ठगी गर्ने पक्राउ, प्रहरीले अनुसन्धान गर्दै !

जापान पठाउने प्रलोभनमा पारेर साँढे २ करोड ठगी गर्ने पक्राउ, प्रहरीले अनुसन्धान गर्दै !


काठमाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी पक्राउ परेका छन् । मोरङ र झापाका ३६ जना युवाले ठगीएको आरोपमा उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभएको हो ।

३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ । एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको दाहालले जानकारि दिनुभयो । बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेर ठगी गरेको पाइएको छ । ठगी प्रकरणमा उनका भाइ, बुहारी र बहिनी पनि आरोपित छन् । एक वर्षअघि जापानमा बसेर उनले आफन्त र साथीभाइलाई फोन गरेर जापान लैजाने लोभ देखाएको र ठगी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । आफ्नै सार्थीहरुलाई समेत मासिक २ लाख ५० हजार तलब आउने भन्दै १६ लाख रुपैयाँ खर्च गर्नुपर्ने भन्दै ठगि गरेका थिए । केहीले त जापान जाने आशाम जग्गा र स्कुटर बेचेर १६ लाख रुपैयाँ बुझाएको बताएका छन् । तीन महिनाभित्र विदेश उडाउछु भन्ने अजय सम्पर्कविहीन भएपछि आफू ठगिएको पीडितहरुले थाहा पाएका थिए । मदन, विवेक लगायतका अधिकांश ठगिने राजवंशी परिवारकै रहेका छन् । रंगेली नगरपालिका–९ का हरि राजवंशी त वैदेशिक रोजगारीका लागि कतारमा रहेकै समयमा अजयले फोन गरेर जापान जाने भन्दै बोलाएपछि कतार पुगेको १० महिनामै नेपाल फर्किएका थिए।

अजयले एक जना व्यक्तिबाट न्यूनतम पाँच लाख देखि १६ लाख रुपैयाँसम्म ठगी गरेको पीडितले दायर गरेको उजुरीमा उल्लेख गरेका छन् । अजयसँगै उनका भाइ रञ्जित, भाइ बुहारी अनुराधा र बहिनी विद्यासहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको छ। अजयका बुबा विसमलाल भने केही महिनाअघि पक्राउ पछि हाजिर जवानीमा छुटेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6