Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभुकम्पले ढालेको विद्यालय उठाउन सिड्नीमा ‘रात्रीभोज’

भुकम्पले ढालेको विद्यालय उठाउन सिड्नीमा ‘रात्रीभोज’


सिड्नी

सन् २०१५ को बिनासकारी भुकम्पले क्षतविक्षत भएको नुवाकोटको एक प्राथमिक विद्यालय पुननिर्माणका लागि सिड्नीमा च्यारिटी डिनर ‘रात्रीभोज’ हुने भएको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसन एनएएले विद्यालय भवन बनाउन सहयोग जुटाउन लागेको हो ।
अर्थ संकलन कार्यक्रम ३० जुन आइतवार अलउडमा रहेको एडिन प्लेसमा हुँदैछ ।

सन् २०१५ को बिनासकारी भुकम्पबाट क्षति भएको नुवाकोट जिल्लाको तादी गाउँपालीका वडा नम्वर १ मा रहेको गंगादेवी  प्राथमिक विद्यालय पून निमार्ण गर्न सहयोग गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको हो । एनएए का अध्यक्ष डा मधु पुडासैनीका अनुसार लायन्स क्लव अफ काठमाण्डौसँगको सहकार्यमा पाँचकोठे विद्यालय भवन निर्माण भईरहेको छ । यस अघि लायन्स क्लव, विद्यालय ब्यवस्थापन समिति र एनएए बीच गत बर्ष सम्झौता भएपछि ३१ हजार अष्ट्रेलियन डलरको सहयोग नेपाल पठाइसकेको छ ।

निर्माण सामाग्रीको मुल्यबृदी र अन्य खर्चका कारण विद्यालय भवन निर्माण खर्च बढेकोले थप सहयोगको लागि यो अर्थ संकलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष पुडासैनीले बताए ।
अर्थ संकलन कार्यक्रममा चर्चित कलाकारहरुद्धारा नेपाली गीत संगित, नृत्य, प्रहसनको साथै र्याफल र अक्सन पनि हुनेछ । यो कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम विद्यालय भवन निर्माणका लागि नेपाल पठाइने छ ।

कार्यक्रममा नेपाली दुतावास, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स, न्यु साउथ वेल्स सांसदका उप सभामुख मार्क कुरी, छाया बहुसास्कृतिक मन्त्री तथा सांसद सोफी कोटिस्ट स्थानिय काउन्सिलका काउन्सलरहरुको पनि सहभागिता रहने छ ।

नेपाली अष्ट्रेलियन एसोसिएसन सन् १९७६मा दर्ता भएको सबै भन्दा पुरानो नेपाली सामुदायिक संस्था हो ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6