Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रपति पौडेल मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना !

राष्ट्रपति पौडेल मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना !


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा लगिएका राष्ट्रपति पौडेललाई आज बिहिन मनमोहन कार्डियो भास्कुलरमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो । टिचिङबाट बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा सारिएको छ । अहिले राष्ट्रपति पौडेलको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको छ ।

केही दिन अघि मात्रै पनि राष्ट्रपति पौडेल मुटुमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको थियो। अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्किनुभएका राष्ट्रपति पौडेल अहिलेसम्म पनि पुर्ण रुपमा सञ्चो हुनुभएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6