Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaचर्चित सांसदसँगै सुपरस्टार नायिका करिश्मा अष्ट्रेलियामा, ‘एक पटकको नेपाली सधैको नेपाली’ बनाउने सांसद शाहीको प्रतिबद्धता !

चर्चित सांसदसँगै सुपरस्टार नायिका करिश्मा अष्ट्रेलियामा, ‘एक पटकको नेपाली सधैको नेपाली’ बनाउने सांसद शाहीको प्रतिबद्धता !


सिड्नी । राप्रपा नेता समेत रहनुभएका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले एक पटकको नेपाली सधैको नेपाली भन्ने मान्यतासहित राजनीतिक अधिकारसहितको एनआरएनए नागरिकताको पक्षमा लबिङ गर्ने बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाले जुन १७ मा सिड्नीमा “सबैको लागी शिक्षा” भन्ने मूल नाराका साथ आयोजना गरेको एजुकेशन फर अल च्यारिटी नाईट २०२३ मा सहभागि हुँदै शाहीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

एक पटकको नेपाली नागरिक सधैको नेपालीको मान्यता स्थापित गराउन मताधिकारसहितको एनआरएन नागरिकताको पक्षमा कानुन संशोधनमा पहल गर्ने प्रतिबद्धता शाहीले गर्नुभएको छ । विदेशी लगानी सहज रुपमा भित्राएर समृद्ध नेपालको सपना साकार पार्ने, विद्यार्थी युनियनख, ट्रेड युनियन खारेजी, शिक्षामा हुँदैआएको व्यापार रोक्न पहल गर्ने, एशियामा सबैभन्दा महंगो कर तिरेर शिक्षा र स्वास्थ्यमा समेत लाखौँ, करोडौँ खर्च गर्नुपर्ने बाध्यताको अन्त्यका लागि संसदेखी सडकसम्मै संघर्ष थालिने सांसद शाहीले बताउनुभयो । अष्ट्रेलियामा सिंगो नेपाली समूदाय मिलेर नेपालको पहिचान बचाउन, संस्कृति बचाउन गर्दैआएका गरि एनआरएन नागरिकता दिलाउने बारे लेखिएको भएपनि प्रतिनिधि सभा सदस्य शाहीले संविधान संशोधन गर्नुपर्ने मुद्धा उठाउनुभएको छ । सिपमुलक शिक्षा र रोजगारउन्मुख पाठ्यक्रम विकासमा एनआरएनले साथ सहयोग दिने अपेक्षा राख्नुभएका शाहीले शिक्षा र रोजगारीका लागि देश छाड्नुपर्ने बाध्यता रोक्न समेत संघर्ष गरिरहेको बताउनुभयो ।

नेपाली चलचित्र क्षेत्रकी सुपरस्टार नायिका करिश्मा मानन्धरले नेपाली राजनीति बिकृत बनेको भन्दै नवयुवाहरुले सफाई गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । नेपालको शिक्षा क्षेत्र सुधार, रोजगारी सिर्जनामा नेपाल र बाहिर रहेका सबै नेपाली एकाकार भएर अभियान छेड्नुपर्ने उहाँले बताउनुभयो । सबैका लागि शिक्षा भन्दै एनआरएन अष्ट्रेलियाले थालेको अभियानको नायिका मानन्धरले

एनआरएनए आईसीसीले सन् २०१९ देखि सामाजिक कार्य गर्ने उद्देश्यले सात प्रदेशमा सात वटा विद्यालयलाई सहयोग गर्न भन्दै एजुकेशन फर अल च्यारिटी नाईट परियोजना सञ्चालन गर्दैआएको छ । यो च्यारिटी कार्यक्रममा अष्ट्रेलियामा क्रियाशिल विभिन्न सङ्घ संस्थाले सहयोग गर्दैआएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6