Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबाध्यताले विदेशीएका नेपालीमा खुसीको खबर, अब एनआरएनए नागरिकता पाइने

बाध्यताले विदेशीएका नेपालीमा खुसीको खबर, अब एनआरएनए नागरिकता पाइने


काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको अन्तरिम आदेश खारेज गरेसँगै अब विदेशका विभिन्न देशमा पुगेर बसोबास गर्दैआएका  नेपालीहरुले एनआारएनए नागरिकता पाउने बाटो खुलेको छ । आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसंगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनको लागि बाटो खुलेको हो ।

यसअघि सुरेन्द्र भन्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्च अदालतको एकल इजलासले अन्तरिम आदेश दिएको थियो । पछिल्लो  अदालती आदेशका कारण विभिन्न कारणले विदेशिएका नेपाली राजनीतिक अधिकार बाहेकका आर्थिक,धार्मिक,सामाजिक अधिकारसहितको एनआरएनए नागरिकता पाउने आशाले खुसी भएका छन् ।

गैरआवासीयलाई नागरिकता

अदालती फैसलासँगै गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ । विदेशमा बासोबास गर्ने वा बिदेशी नागरिक बनेपछि नेपाल आएर बासोबास गर्दैआएकाहरुले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउनेछन् । वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन् ।

एनआरएनए नागरिकता लिन पूरा गर्नेपर्ने शर्तहरु :
(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण
(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण
(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण
(घ) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा िप गर्ने प्रतिबद्धता पत्र ।

अन्तरिम आदेश खारेजीले  नेपालमा बसोबास गर्दैआएका एनआरएनए नागरिकतासहित तीनथरी नागरिकलाई नागरिकताको प्रमाणपत्र पाउने बाटो खुलेको छ । ०७२ को संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले अब वंशजको नागरिकता पाउनेछन् । संविधान अनुसार, नागरिकता ऐन संशोधन नहुँदा यस्ता नागरिकका सन्ततिले नागरिकता पाएका थिएनन् । ‘संवत् २०७२ असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’, राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकको दफा–२ मा लेखिएको छ । यस्तै, प्रमाणीकरण भएको विधेयक अनुसार अब नेपाली आमाबाट नेपालमा जन्म भएर यहीं बसोबास गरेका, तर बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता पाउनेछन् । २०७२ को संविधानकै व्यवस्था विद्येयक पारित भएसँगै कार्यान्वयनमा आउने भएको हो । पछि बाबु विदेशी ठहर भएमा वंशजको आधारमा पाएको नागरिकता अंगीकृतमा परिणत हुनेछ । यस्तो नागरिकता लिन बाबु र आमाले श्रीमान् पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्नेछ । स्वघोषणाको ढाँचा गृह मन्त्रालयले तयार पार्नेछ । बाबुको पहिचान हुन नसकेको भनी झुटो स्वघोषणा गरेमा एकदेखि तीन वर्षसम्म कैद वा एकदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनेछ ।

विधेयक प्रमाणीकरण भएपछि नेपाली पुरुषसँग विवाह गरेर आउनेले विदेशी महिलाले तत्कालै अंगीकृत नागरिकता पाउनेछ । नेपाली नागरिक पुरुषसँग विवाह गरेका विदेशी महिलाले विवाह दर्तापछि अंगीकृत नागरिकता लिने प्रक्रिया अगाडि बढाउन पाउनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6