Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरियाबाट नेपाल आउँदा मोवाईलको भन्सार काण्ड : यस्तो रहेछ वास्तविकता !

कोरियाबाट नेपाल आउँदा मोवाईलको भन्सार काण्ड : यस्तो रहेछ वास्तविकता !


काठमाडौं । कोरियाबाट आएका एक युवाले मोबाइलको भन्सार मात्रै ४४ हजार बढी तिरेको भन्दै बिलसहित सामाजिक सञ्जालमार्फत सरकारसँग गुुनासो गरेको विषय यतिबेला निक्कै चर्चामा छ । असार १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्याङ्जाका छबिलाल भण्डारीले ६ वर्षमा कोरिया बस्दा हरेक पटक रेमिट्यान्सबाट नेपालमा पैसा पठाएवाफत सरकारले आफूलाई यो सजाय दिइएको गुनासो गर्नुभएको थियो ।

पहिलो फेसबुक पोस्ट

आफ्नो प्रयोग भएको दुई मोबाइल (आइफोन १३ र आइफोन १२) को कर ४४ हजार १६९ तिर्नुपरेको भन्दै गुनासो पोखेपछि चौतर्फी सरकारको आलोचना भएको थियो ।

फेसबुकबाट सार्वजनिक गुनासो बारे नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किरातीदेखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मले चासो राख्नुभएपछि घटना अर्कै प्रकृतिको भएको तथ्य बाहिरिएको छ । आफ्नो लजेगको २५ प्रतिशत सामान विमानस्थलबाट हराएको र सोको रिपोर्ट गर्दा पनि विमानस्थल कार्यालयले ध्यान नदिएको भन्दै गुनासो गरेका उनको सामान भने साथीले लगेका कारण हात परिसकेको छ ।

सरकारले गत बैशाखमा विदेशबाट आउँदा दुईवटा सम्म मोबाइल ल्याउन दिने निर्णय गरेसँगै बैदेशिक रोजगारीबाट फर्किनेहरुले दुईवटा मोबाईल बोकेर आउने गरेका छन् ।

प्रधानमन्त्रीको गम्भिर ध्यानाकर्षण, घटना अर्कै 
मन्त्रिपरिषद्बाट नै निर्णय भएर लागू भएको दुईवटा मोवाइलको भन्सार तिर्नु नपर्ने व्यवहारिक नियम लागू गरिएपनि विमानस्थल भन्सारले भन्सार लिएको गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयले घटनाको अनुसन्धान भइरहेको जानकारि दिएको छ ।

यता, भन्सार विभागका सुचना अधिकारी पुण्यविक्रम खड्का र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनालले दुईवटा चलाईरहेका फोन बाँकी बाँकी दुईवटा समेत भन्सार तिराएर छोडिएको, कानुन कार्यान्वयन गर्न खोज्दा गुनासो आएको भन्दै भन्सारले कडाई गरेको रुपमा नबुझ्न सबैलाई आग्रह गर्नुभएको छ । भिडभाडमा भन्सार प्रक्रिया ढिलाई भएको प्रतिशोध स्वरुप भन्सार कर्मचारीबाट दुब्र्यबहार भएको लान्छना लगाइएको हुनसक्ने भन्सारका प्रवक्ता खनालले जिकिर गर्नुभएको छ ।

अहिले उनै पीडित भनिएका व्यक्तिले नै आफूले भन्सारमा आफ्नो सामान हराएको बारे गुनासो गर्दा बेवास्ता गरेपछि फेसबुक स्ट्याटस लेखेको भन्सार तिरिएको बारे कुनै गुनासो नभएको भन्दै आफूले गलत सूचना सार्वजनिक गरेको स्विकार गरिसकेका छन् । युवाले भन्सार कर्मचारिबाट दुब्र्यवहार भएको भने सत्य रहेको नेपालट्युबलाई जानकारि गराएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6