Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमहिलालाई इन्स्पेक्टरको ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्ने म्यासेज, प्रहरी बृत्तमा हंगामा !

महिलालाई इन्स्पेक्टरको ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्ने म्यासेज, प्रहरी बृत्तमा हंगामा !


काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै लेखेको म्यासेजले प्रहरी बृत्तमा हंगामा मच्चाएको छ । पीडितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिनाले गरेको म्यासेज कुराकानीको स्क्रिनसट सार्वजनिक गर्दै ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत ।’ भन्ने अभिव्यक्ति सार्वजनिक गरिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत डीएसपी श्रवणकुमार बिकको नेतृत्वमा समिति गठन गरेर छानबिन अघि बढाइएको हो ।

राति ११ बजे गरिएको म्यासेजमार्फत तिम्सिनाले बारम्बार फोटो पठाउन भनेका छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ)’ उनले भनेका छन् । पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् । ‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा पीडितले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिम्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ । तिम्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौं भन्दै प्रश्न गरेका छन् । पीडितले ट्वीटरमा नयाँ आईडी खोलेर यो स्क्रीनसटको विवरण पोष्ट गर्दै सञ्चारमाध्यम र प्रहरी प्रधान कार्यालय, नक्सालको ट्वीटर ह्याण्डललाई मेन्सन गरेकी छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले सामाजिक सञ्जालमा आएको विषय प्रहरी संगठनको नोटिसमा आइसकेको जानकारि नेपालट्युबलाई दिदै सत्यतथ्य बुझेर छानबिन गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई निर्देशन दिइएको जानकारि दिनुभयो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी अजय केसीले घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत डीएसपी श्रवणकुमार बिकको नेतृत्वमा समिति गठन गरेर छानबिन थालिएको जानकारि दिनुभएको छ । समितिले दिने निष्कर्षका आधारमा अघि बढ्ने उहाँले बताउनुभयो ।

यता, आरोपी तिम्सिनाले सार्वजनिक स्क्रीन सटमा देखिएको आईडी आफूले नचलाएको जिकिर गरेका छन् । ‘म वैशाख, जेठतिर तालिममा काठमाडौं गएको थिएँ, त्यतिबेलादेखि बन्द आईडी मैले अहिलेसम्म चलाएको छैन’, ‘बाहिर आएपछि कोसँग कुरा गरेको होला भनेर हेर्दा त्यो पनि थाहा हुने खालको छैन ।’ तिम्सिनाले भनेका छन् । अझ यो विषयबारे थाहा पाएपछि सोमबार नै आफूले छानबिन गरिदिन साइबर ब्यूरोलाई निवेदन दिएको समेत जानकारि गराएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6