Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन !

चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन !


काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित निवासमै रविनको निधन भएको हो ।

प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले ६ बजे खबर गरेपछि बुढानिलकण्ठ–५ चिसेनीस्थित उनको घरमा पुग्दा मृत अवस्थामा भेटिएको जानकारि दिनुभयो । प्रहरीले गायक रविन मृत अवस्थामा भेटिएपनि शंकास्पद केही नभएको जनाएको छ । घटनास्थलमा शंकास्पद कुनै अवस्था नदेखिएपछि आवश्यक प्रक्रिया पुर्‍याएर रविको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त हुनुहुन्थ्यो । फिल्म ‘छड्के २’ मा उनले अभिनय गर्नुभएको थियो । नेपाली रक जनराको गीतको विकासमा रविनको योगदान उल्लेख्य मानिन्छ । रविनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहनुभएको छ । लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गर्नुभएका उहाँ अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित भएर यो क्षेत्रमा लाग्नुभएको थियो ।

सन् १९९६ मा नेपाल आउनु भएर रविनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित बने । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा समेत उहाँले अभिनय गर्नुभएको थियो। हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत रविनको अभिनय रहेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6