Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्वीन्टल सुन बरामद, मालिक खोज्दै प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्वीन्टल सुन बरामद, मालिक खोज्दै प्रहरी


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरेर बाहिर निकाल्दैगर्दा ८० देखि १ सय किलो सुन बरामद भएको छ । क्याफे प्यासिफिको उडानबाट मंगलबार तस्करले भन्सारको सामान बनाएर ल्याएको सुन राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको यो घटनाले कुख्यात अपराधी चाल्र्स सोभराजले नेपालको विमानस्थलबाट हात्ति पनि छिराउन सकिन्छ भन्दै विगतमा दिएको अभिव्यक्तिलाई चरितार्थ गरिदिएको छ ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले मंगलबार हङकङबाट सुन आएको र सुराकी पछ्याउँदै झण्डै एक क्वीन्टल सुन नियन्त्रणमा लिन सफल भएको जानकारि नेपालट्युबलाई दिनुभयो । भन्सारको गेट पास भैसकेको अवस्थामा राजश्वको टोलीले छापा मारेर सुन बरामद गरेपनि सुन ल्याउनेहरु पक्राउ गर्न नसकिएको महानिर्देशक ढुंगानाले बताउनुभयो । सुन बरामद गरेको कुरा छिट्टै फैलिएका कारण समेत मालिक पक्राउ गर्न सकिएको छैन । सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकसहित सुन बरामद गर्न भने सफल भएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक शु लगायतका पार्टसमा लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिर निकाल्दै गर्दा बरामद गरिएको घटनाले विमानस्थलको जाँच र सुरक्षालाई नै चुनौती दिएको छ । अबैध सुन नेपालको बाटो हुँदै भारत लग्न लागिएको आशंका गरिएको छ ।

राजश्व अनुसन्धान विभागले सुनको तौल एकिन गरेर थप अनुसन्धान गर्न केन्द्रीय बैंक पठाउने तयारी गरिरहेको छ । महानिर्देशक ढुंगानाले अधिकृत तोकेर तस्करीको सुनको अनुसन्धान अघि बढाइने बताउनुभयो । यता, प्रहरीले सुन तस्करीको वास्तविक मालिकको खोजी अघि बढाएको छ । बरामद गरिएको सुनको मुल्य १ अर्व ६७ लाख भन्दा माथि पर्छ । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6