Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचोरी, तस्करी मार्फत अमेरिका पुगेका ३९ वटा बहुमूल्य सम्पदा स्वदेश फिर्ता !

चोरी, तस्करी मार्फत अमेरिका पुगेका ३९ वटा बहुमूल्य सम्पदा स्वदेश फिर्ता !


काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरेर बेचबिखनमार्फत अमेरिका पुगेका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु स्वदेश फर्काइएका छन् । हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेका १६११ केजी तौल रहेका बहुमूल्य सामग्री १३ वर्षपछि नेपाल ल्याइएको हो ।

यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको कारोबार गर्ने थोक ब्यापारीमार्फत हवाईमा पुगेका थिए । बहुमूल्य सम्पदाहरु ‘उत्पत्तिको मुलुक’ नेपाल फर्काउन नेपाल सरकारले सन् २०११ मा अमेरिकी सरकारलाई औपचारिक अनुरोध गरेपनि सबै प्रकृया पूरा गरेर ११ मे २०२३ का दिन अमेरिकास्थित नेपाली राजदूतावासमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी अमेरिकी सरकारको तर्फबाट नेपाल सरकारलाई दूतावास मार्फत हस्तान्तरण गरिएको छ । अमेरिकाको सान डियगोका लागि अवैतनिक महाबाणिज्यदूत ऋषि पुन्नाखर ढकालको सकृयता र पहलमा कतार एयरवेजले निशुल्क यी बहूमुल्य सामानहरु नेपालसम्म ढुवानी गरिदिएको छ । नेपाली दूतावास अमेरिकाको समन्वयमा नेपाल फर्काइएका यी सम्पदाहरु आज पुरातत्वलाई हस्तान्तरण गरिएको छ ।

अवैतनिक महाबाणीज्यदूत ढकालले यसअघि आफ्नै पहलमा ८ औं शताब्दीका बुङमतिको मछिन्द्रबहालमा रहेको बुध्दको ढुङ्गाको मूर्ति र १०औं शताब्दीको नृत्यदेबीको काठको मूर्ती नेपाल फर्काउन भुमिका खेल्नुभएको थियो । अमेरिका, अष्ट्रेलिया, रुस, बेलायत लगायतका कतिपय देशमा चोरी, तस्करीमार्फत पुगेका सयौँ सम्पदाहरु स्वदेश फर्काइएपनि अझै सयौँ बहुमुल्य सम्पदाहरु विदेशबाट स्वदेश फर्काउनै बाँकी रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6