Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsगोल्डस्टार जुत्ता अष्ट्रेलियामा (भिडियोसहित)

गोल्डस्टार जुत्ता अष्ट्रेलियामा (भिडियोसहित)


सिड्नी
नेपाली चर्चित ब्राण्ड गोल्डस्टार जुत्ता अष्ट्रेलियाली बजारमा उपलब्ध भएको छ ।
सिड्नीमा पहिलो शो रुम खुलेसंगै नेपाली गोल स्टार जुत्ताले अष्ट्रेलियाली बजारमा प्रवेश पाएको हो ।
सिड्नीस्थित रकडेलमा खुलेको पहिलो शो रुमको नेपाली समाजका अगुवाहरुले शनिवार सामुहिक उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नेपाली समाजका अगुवा नारायण प्रधान, इन्द्रा वन तथा गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका निवर्तमान उपाध्यक्ष नन्द गुरुङले नेपाली उत्पादनले विदेशमा बजार विस्तार गर्नु गर्वको कुरा भएको भन्दै बधाई तथा शुभकामना दिनुभयो ।

सिड्नीको रकडेलमा खुलेको गोल्डस्टार जुत्ताको शो रुम

श्री गणेश ग्रुप प्राइभेट लिमिटेडले गोल्डस्टार जुत्तालाई अष्ट्रेलियामा भित्र्याएको हो । कम्पनीमा तीन जना साथीहरु प्रदीप शाह सुदी, रइस राज सत्याल र रोशन कायस्थ छन् ।
नेपाल गएका बखत गोल्डस्टार जुत्ताका विभिन्न आकर्षक रुप देखेका रइसले ती जुत्ता अष्ट्रेलिया ल्याएर बेच्ने योजना बुनेको गोल्डस्टार अष्ट्रेलियाका मिडिया संयोजक सजना गिरीले बताउनुभयो ।
शो रुममा ८९ प्रकार गोल्डस्टार जुत्ता पाइन्छ । ३९ दशमलव ९९ देखि ५९ दशमलव ९९ डलर मुल्यभित्र जुत्ता किन्न पाइने गिरीले बताउनुभयो ।
कम्पनीका प्रवन्ध निर्देशक प्रदिप शाह सुदीले नेपाली उत्पादन अष्ट्रेलियामा ल्याउन पाउदा गर्व लागेको बताउनुभयो ।

“१२ वर्ष भयो अष्ट्रेलिया बसेको । नेपाललाई कसरी सहयोग गर्ने भन्ने चिन्ता सधै हुन्थ्यो”- सुदीले भने -“नेपाली उत्पादनलाई यहाँ ल्याएर बेच्न पाउदा निकै गर्व लागेको छ ।” 
अष्ट्रेलियाका ठुला सपिङ मलहरुमा विभिन्न ब्राण्डका जुत्तासंग प्रतिष्प्रर्धा गर्नु नेपाली जुत्ताका लागि सबैभन्दा ठुलो चुनौति देखेका सुदी भन्छन् -“नेपाली जुत्ताको गुणस्तर र डिजाइनले अष्ट्रेलियाहरुको मन जित्ने छ ।” 
सुरुमा नेपाली ग्राहकलाई नै प्राथमिकतामा राखेको गोल्ड स्टारले यहाँको स्थानिय ग्राहकको ध्यान खिच्न छिट्टै हाइकिङ नेपाल अप टु माउण्टेन अभियान सुरु गर्ने भएको छ ।
कम्पनीले गोल्ड स्टार जुत्ताको बजार अष्ट्रेलियाभर विस्तार गर्न फ्रेन्चचाइज बिक्री गर्ने तयारी समेत थालेको छ ।

गोल्डस्टार जुत्ता शोरुम उद्घाटनको भिडियो हेर्नुहोस्

https://www.facebook.com/NepaltubeAustralia/videos/2210730075818545/

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6