Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News“छिट्टै नियमावली बन्छ, गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट हुँदैन” गृहमन्त्री श्रेष्ठ

“छिट्टै नियमावली बन्छ, गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट हुँदैन” गृहमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै ल्याएर सहज रुपमा एनआरएनए नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री श्रेष्ठले गैरआवासीय नेपाली नागरिकताको नियमावलीमा समावेश गरिने प्रावधान झञ्झटरहित र गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

“गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ ।”गृहमन्त्री श्रेष्ठले भन्नुभयो । भेटका क्रममा संघका कार्यकारी अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तीका लागि सहजिकरण गरिदिन आग्रह गर्नुभएको थियो । डा केसीले नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झण्झटिलो हुने भएकोले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट दिइने नेपाली नागरिकताकै ढाचामा नागरिकताको तल लेखिने किसिममा मात्र गैरआवासीय लेख्दा उपयुक्त हुने सुझाव डा. केसीले गृहमन्त्री श्रेष्ठलाई दिनुभयो ।

गैह्र आवासीय नेपाली नागरिकता दिंदा निवेदकको वा निजको बुवा, आमा, बाजे बज्यै मध्ये कसैको नेपाली नागरिकताको प्रमाण पेश गर्ने, ऐनमै व्यवस्था भएको र सो नागरिकता बनाउँदा स्थानिय तहकै सिफारिसमा सबै प्रकृया पुरा गर्ने भएकोले पुनः गाउँपालिका, नगरपालिका वा नेपाली दुतावासको सिफारिस ल्याउनुपर्ने प्रावधान परिवर्तन गर्नुपर्ने सुझाब प्रतिनिधिमण्डलको रहेको छ । अनलाइन तथा नेपाली दुतावास वा महावाणिज्य दुतावासबाटै नागरिकता प्राप्तीका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेतर्फ एनआरएनएले सरकारलाई सुझाब दिदैआएका छ । गृहमन्त्री श्रेष्ठले सरकारले विदेशमा रहेका नेपालीलाई अप्ठ्यारोमा पार्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखा परे त्यसमा सहजीकरण गर्ने बताउनुभएको छ । सरकारले विदेशमा बस्ने नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था अनुरुप ऐन जारी गरेपनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली अझै बन्न सकेको छैन ।

अध्यक्ष केसीसहित, पुगेको डीबी क्षेत्री, आइसीसी युवा संयोजक अब्दुल बासिद, यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनसीसी थाइल्याण्डका भविन्द्र बस्नेत,पूर्व सल्लाकार टी बि कार्की, एनसीसी थाइल्याण्डका पूर्व युवा संयोजक दिपेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सरोज दाहाल कुनाल मिश्रा लगायतको प्रतिनिधि मण्डलले झण्झटर नहुनेगरि छिटो नियमावली ल्याउन गृहमन्त्री मार्फत सरकारमाथी दबाब बढाइको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6