Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखै ६१ किलो सुनका मालिक ? सीआईबीले माग्यो अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँग सहयोग !

खै ६१ किलो सुनका मालिक ? सीआईबीले माग्यो अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँग सहयोग !


काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरु समेतको संलग्नता देखिएसँगै नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) ले सुनका मालिक र तस्करीको सञ्जाल पहिचान गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुन आयातको उद्गम बिन्दु इन्टरपोल हङ्कङ र तस्करीको सुन पुग्ने गन्तब्य अनि खरिदकर्ताको पहिचानका लागि इन्टरपोल भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिनुभयो । गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। अनुसन्धान गरिरहेको सीआईबीले सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको खुलेपछि इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरेको प्रहरीले सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरी भरिया हुँदै सुनका मालिकसम्म पुग्ने गरि अनुसन्धानमा जुटेको छ । यसैका लगि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6