Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगायक प्रमोद खरेलले जिते प्रतिलिपी अधिकारको मुद्धा, विन्धवासिनीलाई कस्तो होला सजाय ?

गायक प्रमोद खरेलले जिते प्रतिलिपी अधिकारको मुद्धा, विन्धवासिनीलाई कस्तो होला सजाय ?


काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रालिका सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेसँगै गायक प्रमोद खरेलले न्यायको आशा जागेको बताउनुभएको छ । गायक खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको भन्दै गरेको उजूरी सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा पुगेरन्यायाधीश उत्तम सिलुवालको इजलासको प्रारम्भिक फैशलासम्म आइपुग्दा न्यायको आशा जागेको बताउनुभएको हो ।

जिल्ला अदालतले प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको ठहर गर्दै सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेपनि यो फैशलामा सजाय तोकेको छैन । ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिइएको छ । गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको अभियोगसहित प्रहरीमा जाहेरी दिएका थिए । यहि उजुरीका आधारमा सरकारी वकिलको कार्यालय हुँदै मुद्दा जिल्ला अदालत पुगेको थियो ।

यस्तो थियो बिवाद
गायक प्रमोद खरेलले वि.सं २०६७ सालमा सार्वजनिक गरेको तेश्रो गीत संग्रह ‘प्रणय’को विक्री वितरण तथा प्रकाशनका लागि विन्धवासिनी म्यूजिकलाई ५ बर्षका लागि अधिकार दिनुभएको थियो । जसवापत, आफूले १ लाख १० हजार लिएको, भिडियो निर्माणमा कम्पनीले १ लाख दिने र २ लाख बराबरको प्रमोशन कम्पनीले गर्ने, ४ लाख १० हजार आफूले पाउने रोयल्टी र आम्दानीबाट असुल गरेर कम्पनी सुरक्षित भएपछि मात्र आफू आम्दानीको हिस्सेदार बन्ने सहमती भएको गायक प्रमोदले बताउनुभएको छ ।

कम्पनीसँग गरेको ५ बर्षको संझौता सकिएपछि प्रमोदले एल्बम फिर्ता माग्दा विन्धवासिनी म्यूजिक कम्पनीका संचालक सुवास रेग्मीले एल्बम फिर्ता दिनुको साटो उल्टै आफूलाई सामाजिक संजालबाट बदनाम गराउन थालेको भन्दै बिवाद चुलिएको थियो । करिब ४ महिनापछि यो बिवाद प्रहरी हुँदै अदालत पुगेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6