Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसिया कपको उपाधी भारतको पोल्टामा, श्रीलंकाविरुद्ध ऐतिहासिक जित !

एसिया कपको उपाधी भारतको पोल्टामा, श्रीलंकाविरुद्ध ऐतिहासिक जित !


काठमाडौं । भारतले श्रीलंकालाई विना विकेटको क्षतीमा पराजित गर्दै एसिया कपको उपाधी हात पारेको छ । १५ ओभरमा अलआउट हुँदै श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले विना विकेटको क्षतीमा ६ दशमलब एक ओभरमै भेट्याएर उपाधी जितेको हो ।

भारतका लागि ओपनर ब्याट्सम्यान शुभमन गिल र इसान किसनले ५१ रनको साझेदारी गर्दै टिमलाई उपाधी जिताए । ६ दशमलब एक ओभरमा ५१ रन बनाउदा गिलले २७ रन र किसनले २३ रनको योगदान दिए । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ ओभरमा ५० रनमा अलआउट भएको थियो । भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिदा हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6