Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसिमकार्ड डुप्लिकेसन गरेर ६ लाख बढी ठगी, ठग पुगे प्रहरी खोरमा !

सिमकार्ड डुप्लिकेसन गरेर ६ लाख बढी ठगी, ठग पुगे प्रहरी खोरमा !


काठमाडौं । सिमकार्ड डुप्लिकेसन गरेर ६ लाख दुई हजार पाँच सय ४८ रुपैयाँ ठगी गरेको अभियोगमा एक जना प्रहरी फन्दामा परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरेर ठगी गर्नेगरेको पाइएसँगै काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई पक्राउ गरेको हो ।

पीडीतको उजूरीपछि सुस्म निगरानी गरिरहेको अपराध महाशाखाको टोलीले दिवालीलाई पक्राउ गरेर प्ररम्भिक अनुसन्धान अघि बढाएको थियो । पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गर्ने, त्यसपछि मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमा पटक–पटक गरी ६ लाख दुई हजार पाँच सय ४८ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवंम प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारि दिनुभयो । यस्ता ठगीमा अन्य कोही परेको भएमा उजुरी दिन समेत प्रहरीले आह्वान गरेको छ ।

पक्राउ परेका अभियुक्तलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रारम्भिक उजुरीको आधारमा पक्राउ गरिएको भएपनि बाँकी अनुसन्धान र कानुनी कारबाही परिसरबाट अघि बढाइनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6