Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटर्कीमा ७ महिनामै पुगे साँढे तीन करोड पर्यटक, नेपालमा किन बढाउन सकिएन आकर्षण ?

टर्कीमा ७ महिनामै पुगे साँढे तीन करोड पर्यटक, नेपालमा किन बढाउन सकिएन आकर्षण ?


काठमाडौं, एजेन्सी । पछिल्लो सात महिनामा तीन करोड ३४ लाख पर्यटकले भ्रमण गरेको टर्कीबाट नेपालले पाठ सिक्नुपर्ने भन्दै बहस हुन थालेको छ । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका जानकारि गराएको थियो । योसँगै नेपालको पर्यटन विकास बारे नयाँ बहस सुरु भएको हो ।

टर्कीमा अघिल्लो वर्षको तुलनामा १३ दशमलव ९५ प्रतिशतले पर्यटकको संख्या बृद्धी हुँदा अथाह सम्पदा भएको नेपालमा किन पर्यटक आकर्षित गर्न सकिएन, सरकार अनि पर्यटक क्षेत्रका सरोकारवालाहरु के गरिरहेका छन् ? प्रश्न उठ्ने गरेको छ । टर्कीमा पर्यटकीय क्षेत्र आर्थिक केन्द्रका रुपमा रहदैआएका छन् । सन् २०२२ मा टर्कीमा पाँच करोड १४ लाख पर्यटक पुगेका थिए । पर्यटकीय सिजन शुरु भएकोले यो सङ्ख्या थप बढ्ने अपेक्षा गरिएको छ ।

कोरोना महामारीबाट प्रभावित टर्कीको पर्यटन व्यवसाय लयमा फर्किसके पनि विश्वको सर्वोच्च शिखर सगरमाथा, दर्जनौँ झरना, ताल तलैया, हिमाल, मठ मन्दिर लगायतका सम्पदाहरु भएको देशमा पर्यटक आकर्षित बनाउन नसकिएको बारे पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरिरहेका छन् । नजिकको गन्तब्य भएकाले टर्कीमा सबैभन्दा धेरै रुस, जर्मनी र बेलायतका नागरिकहरु घुम्न जाने गरेका छन् । विश्वभरका पर्यटकको रोजाई सर्वोच्च शिखर सगरमाथा, अनेकल प्राकृतिक सम्पदा, मठमन्दीरका कारण नेपाल हुनसक्ने भएपनि आवश्यकता अनुसार प्रचारप्रसार र सुरक्षित गन्तब्य, पर्याप्त पुर्वाधार मार्फत विश्वास बाढ्न सकिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6