Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए अष्ट्रेलियाले सदस्यको व्यक्तिगत विवरण दुरुपयोग गरेको भन्दै वकिलले माग्यो जवाफ । अब के हुन्छ ?

एनआरएनए अष्ट्रेलियाले सदस्यको व्यक्तिगत विवरण दुरुपयोग गरेको भन्दै वकिलले माग्यो जवाफ । अब के हुन्छ ?


सिड्नी
गत महिना अष्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघको चुनावी प्रकृयाका त्रुटी बारे वकिलमार्फत जवाफ मागिएको छ । चुनावी प्रकृयामा भएका मनपरी बारे पटक पटक सवाल उठाउदा पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै केही सदस्यहरुले कानुनी साहारा लिएका हुन् । “हामीलाई संस्थाको माया लाग्छ । तर यसमा मनपरी तन्त्र भएकाले नै अष्ट्रेलियाको कानुन अनुसार चल्नुपर्छ भनेर हामीले प्रश्न उठाउदै आएका हौ”- चुनावी प्रकृया बारे प्रश्न उठाउदै आएका एक सदस्यले भने-“तर, हाम्रो प्रश्नलाई पदाधिकारीहरुले कहिल्यै गम्भिर रुपमा लिनु भएन ।”

वकिलले पठाएको पत्रमा चुनावका उमेद्वार तथा मतदाता सदस्यहरुले एनआरएनको चुनाव विधान अनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सुचनाहरुको सुरक्षामा लापरबाही गरेको तथा नेतृत्वले गैर जिम्मेवार व्यवहार गरेको आरोप लगाइएको छ । कानुनीरुपमा वकिलमार्फत एनआरएनका अध्यक्ष टोनु घोतानेलाई लेखिएको पत्रमा एनआरएनए अष्ट्रेलिया आफ्नो मुख्य उद्देश्यबाट विमुख भई राजनैतिक, धार्मिक लगायतका क्षेत्र केन्द्रित भएको आरोप लागाइएको छ । अष्ट्रेलियाको कानुनअनुरुप दर्ता भएको एनआरएनएले सदस्यहरुको फोन नं., मेडिकेयर कार्ड, इमेल लगायतका गोप्य सुचनाको सुरक्षामा लापरबाही गरेको गम्भीर आरोप लागाईएको छ । स्थानिय गोप्यताको कानुन अनुसार व्यक्तिका यस्ता विवरणहरुको गोप्यता सुरक्षा गर्नु सम्बन्धित संस्थाको दायित्व रहन्छ ।

कानुनी उपचारको खोजी सुरु भएको जानकारी सहितको पत्र आएपछि एनआरएन नेतृत्व भने आगामी बाटो तय गर्ने तयारीमा जुटेको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले सदस्यहरुले चुनावी प्रकृया बारे उठाएका सबै प्रश्नको जवाफ दिदै आएको दाबी गरे । “हामीले सबै असन्तुष्ट सदस्यहरुको जवाफ दिदै आएका छौ”- अध्यक्ष घोतानेले भने- “हामी कानुन व्यवसायीसंग छलफल गरेर आगामी बाटो तय गर्नेछौ ।” 
एनआरएनएले दिएको जवाफमा चित्त नबुझे असन्तुष्ट पक्ष अदालत जान सक्ने बाटो यो पत्रले खोलिदिएको छ ।
गत महिना एनआरएनए अष्ट्रेलियाको चुनावी प्रक्रिया चलिरहँदा अध्यक्षका प्रत्यासी केशव कँडेलको प्यानलका सदस्यलाई भोट गर्न अनुरोध सहितको एसएमएस मतदाताले पाएका थिए । वकिलको पत्रमा न्यु साउथ वेल्सका झण्डै ३५ सय सदस्यलाई एसएमएस गएको दावी गरिएको छ । चुनावमा नाम नसुनेका र नचिनेका उम्मेद्धारलाई एसएमएस मार्फत भोट मागेपछि मतदाता आश्चर्यमा परेका थिए । चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले आफुहरुबाट कुनै गल्ती नभएको दाबी गर्दै आएको छ । यसबारे निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर कुनैपनि त्रुटी नभएको तथा निश्पक्ष ढंगले चनाव सम्पन्न भएको स्पष्टीकरण दिएको थियो ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6