Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalस्कुले बालक बचाउन खोज्दा लुम्बिनी प्रदेशका अर्थमन्त्रीको गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते !

स्कुले बालक बचाउन खोज्दा लुम्बिनी प्रदेशका अर्थमन्त्रीको गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते !


काठमाडौं, दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । सोमवार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरको घुम्तीमा मन्त्री मास्की चढेको लु १ झ ७३८ नम्बरको गाडी चालकले सडकमा दौडिदैगरेका बालकलाई बचाउन झाडीमा हालेपछि दुर्घटनामा परेको हो ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा पर्दा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पीएसओ मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते हुनुभएको छ । अर्थमन्त्रीसहित चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यालय छुट्टी भएपछि दौडिएर घरतर्फ जान थालेका एक जना बालकलाई जोगाउनका लागि चालकले गाडी झाडी भएको खाल्डोमा हालेपछि दुर्घटनामा परेको थियो । बच्चा जोगाउनका लागि चालकले गाडी खाडलमा हाल्नुपरेको मन्त्रीका स्वकीय सचिव पौडेलले जानकारी दिनुभएको होे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6