Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगैह्र आवासीय नेपालीमा खुसी पलाएको क्षण,सार्थक होला त समृद्ध नेपाल सुखी नेपालीको सपना ?

गैह्र आवासीय नेपालीमा खुसी पलाएको क्षण,सार्थक होला त समृद्ध नेपाल सुखी नेपालीको सपना ?


काठमाडौं । मंगलबार अर्थात अक्टोबर १७ तारेख । नेपालमा जन्मिएर विदेशमा संघर्षरत नेपाली नागरिक अर्थात गैह्र आवासीय नेपालीहरुमा एकाएक खुसी पलाएको दिन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र कार्यवाहक अध्यक्ष बद्री केसीले पहिलो पटक एनआरएनए नागरिकता पाएसंगै “एकपटकको नेपाली, सधैंको नेपाली” भन्दै गरिएको दुई दशकदेखिको संघर्ष सार्थक बनेको छ ।

नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान स्थापित गर्न सफल मात्रै नभएर व्यवहारमै नागरिकता प्राप्त गरेको क्षण सम्पूर्ण गैरआवसीय नेपाली समुदायमा गौरव, हर्ष र सफलताको क्षण हो | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पहिलो गैरआवासीय नेपाली नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यले पाउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष आचार्यले नेपाली नागरिकता पाएसँगै मातृभूमिसँग फेरि जोडिन पाउँदा भावुक बनेको बताउनुभएको छ । ‘हामीहरुसँग भएको स्रोत, साधन, सिप, अनुभव र विश्वव्यापी सन्जाल उपयोग गरेर मातृभूमिको सेवा गर्न पाउने मौका अब प्राप्त भएको छ ।’ आचार्यले भन्नुभयो ।

हुनत यो खुसीलाई अझै कतिपय एनआरएनए अभियन्ताहरु आंशिक खुसी भनिरहेका छन । गैरआवासीय नेपाली नागरिकताले अभिभावकहरुसँगै छोराछोरी र नातीनातिना पुस्तालाई पनि नेपालसँग जोड्ने आशा गरिएको छ । तर वंशजको आधारमा प्राप्त नागरिकता निरन्तरताका लागि नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्ने काम एकपछि अर्को गर्दै भैरहेका छन । एकपटकको नेपाली सधैको नेपाली भन्ने मान्यतालाई स्थापित गराउन सकेमा भूतपूर्व गोर्खाहरुले सम्मान पाउने मात्र नभएर नेपालको सम्पत्ति नेपालमै रहने आशा गरिदैछ, विश्वास बाँढिदैछ । प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद लगायतका मन्त्री र दलका अन्य नेताहरुले एनआरएनए विश्व सम्मेलनका क्रममा अभिव्यक्त गरेको बिचार र आशाले समेत यसैको संकेत गरेको छ । एनआरएनए नागरिकता वितरणसंगै गैरआवासीय नेपालीहरु देशको समृद्धि अभियान, नेपालमै उद्योग व्यवसाय गरेर जन्मभूमि र नागरिकमा गुन लगाउन अग्रसर हुने आशा गरिदैछ । प्रधानमन्त्री प्रचण्डले ठूलो संघर्षको प्रतिफल स्वरुप एनआरएन नागरिकता दिलाउन सफल भएको भन्दै मातृभूमिको विकास,समृद्धिमा योगदान दिन आग्रह गर्नुभएको छ ।

“तपाई हामी सबैको गैर आवासीय नेपालीहरुको चासो गैर आवासीय नागरिकता हो। मैले सम्मानीय प्रधानमन्त्रीज्युबाट गैर आवासीय नागरिकता प्राप्त गरे। हामीलाई गैर आवासीय नागरिकता प्राप्त गर्ने अधिकार दिलाउन प्रयास गर्ने सबैमा नमन गर्दै नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।” नागरिकता प्राप्त गरेपछि बद्री केसीले बताउनुभयो । केसी र आचार्यमा पलाएको यो खुसी विदेशमा छरिएका लाखौं लाख नेपालीको खुसी हो । यो खुसीमा नेपाल सरकारले निरासा छर्ने काम गर्नुहुन्न ।

गैर आवासीय नेपालीहरुको हकहित र अधिकारमा अडिग र संवेदनशील रहेको दाबी गर्ने एनआरएनए अभियन्ता आफ्ना विगतका प्रतिबद्धताबाट कत्ति पनि बिचलित नहुन । जन्मभूमिको विकाश,उद्योग कलकारखानाको विकाससंगै आर्थिक विकासमा सिंगो एनआरएनए र नेपाल सरकारबीच सहकार्यको थालनी हुनुपर्छ । एकपटकको नेपाली सधैको नेपाली भनेझैं देश बनाउने, नेपाल र नेपाली समृद्ध बन्ने अभियानमा सार्थक सहकार्य होस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6