Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगैर आवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ नेतृत्व पाउँदै, आजै मतदानको नतिजा आउने !

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ नेतृत्व पाउँदै, आजै मतदानको नतिजा आउने !


काठमाडौं । गैर आवासीय नेपाली संघको नयाँ नेतृत्व छान्न मतदान जारी छ । एनआरएनए २०२३–२५ कार्यकालका लागि अध्यक्षसहितका ७४ पदमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो ।

विदेशमा रहेका नेपालीहरूले अक्टोबर १८ बुधबार रातिबाटै अनलाइन भोटिङ गरिरहेका छन् । अनलाईनबाट भोट हाल्ने मतदाताले मतदानको समय सुरू भएदेखि २४ घण्टाभित्र मतदान गरी सक्नुपर्ने नियम रहेको छ । नयाँ नेतृत्व छान्न ५९ देशका चार हजार दुई सय २७ जनाले मतदान गर्दैछन् । बुधबार साँझसम्म नेपाल आइपुगेका ९ सय हाराहारी प्रतिनिधिहरुले महाधिवेशन जारी रहेको सोल्टी होटलमा उपस्थित भएर मतदान गरिरहेका छन् । नेपालमा आएका प्रतिनिधिहरूले बिहान १० बजेदेखि साँझ ६ बजेभित्र मतदान गरी सक्नुपर्नेछ। मतदानले भावी अध्यक्षका रुपमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्ये एकलाई नेतृत्वमा चयन गर्नेछन्। अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवार राजनीतिक लबिङसहित प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षमा उम्मेदवारी दिनुभएकी रविना थापाले आफनो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्नुभएको छ ।

एनआरएनएको जारी ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । ७४ पदमध्ये १० वटा पदमा उम्मेदवारी नै परेको छैन। उम्मेदवारी नपर्ने अधिकांश अफ्रिकन मूलका देशहरू छन् । विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन्। अब ४१ पदका लागि ९७ जनाको उम्मेदवारी कायम छ रहेर मतदान भैरहेको छ ।

अध्यक्ष पदमा तीन जना ६ उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षका लागि दुई र युवा उपाध्यक्षका लागि पनि दुई जनाकै उम्मेदवारी कायम छ। महासचिवका लागि दुई जनाले उम्मेदवारी दिएका छन्। उपमहासचिव दुई पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ। यसैगरी कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी कायम छ। सह–कोषाध्यक्षका तीन पदमा ६, महिला सहकोषाध्यक्षमा २, महिला संयोजकमा २ र युवा संयोजकमा २ जनाको उम्मेदवारी परेको छ।

अनलाइन भोटिङ भएकाले रिजल्ट आउन धेरै समय नलाग्ने निर्वाचन समितिले जानकारि गराएको छ । सम्भव भएसम्म बिहीबार राति नै केही ढिलाई भए पनि शुक्रबार बिहानसम्म निर्वाचनको सम्पुर्ण नतिजा आइसक्ने बताइएको छ । विदेशमा रहेका नेपालीहरुको हकअधिकार बारे हातेमालो गर्ने, नेपालको सम्बृद्धी यात्रामा सहकार्य गर्ने गैह्र राजनीतिक सामाजिक संस्थाका रुपमा विदेशमा छरिएर रहेका नेपालीहरुको पहलमा सन् २००३ मा एनआरएनए स्थापित भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6