Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसबैलाई उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्री “प्रचण्ड” को अपिल 

सबैलाई उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्री “प्रचण्ड” को अपिल 

भूकम्प प्रभावित क्षेत्रमा आफैं जाने


काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा परी  ठुलो जनधनको क्षति भएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गर्नुभएको छ । भूकम्पबाट भएको क्षतिमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सबै मिलेर राहत, उद्धार र घाइतेको उपचार प्रभावकारी बनाउन अपिल गर्नुभएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु। घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले उद्धार र राहतमा जुट्न अपिल गर्दै भन्नुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जादैहुनुहुन्छ । क्षतिको अवस्था बुझ्न र उद्धार, घाइतेको उपचार अनि राहतको काम प्रभावकारी बनाउ प्रधानमन्त्री नै स्थलगत अवलोकनमा जाने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6