Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल र चीनबीच ६ वटा नाका सञ्चालनमा, अब ३ वटाबाट द्विपक्षीय व्यापार

नेपाल र चीनबीच ६ वटा नाका सञ्चालनमा, अब ३ वटाबाट द्विपक्षीय व्यापार

उत्तरी मुस्ताङको कोरला नाका सञ्चालनमा, स्थानीय उत्साहित !


काठमाडौं । नेपाल र चीनबीच थप व्यापारिक नाका सञ्चालनमा ल्याउन दुई देशबीच भएको सहमतिअन्तर्गत सोमवारबाट मुस्ताङ हुँदै चीनको तिब्बत जोडिने कोरला नाका सञ्चालनमा आएको छ। वर्षमा दुई पटक व्यापार मेलाका लागि मात्रै खोलिने गरिएको यो नाका अब पूर्ण रूपमा सञ्चालन हुने सहमति भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीन्हुर्वू गुरुङले जानकारी दिनुभएको हो ।

नेपाल तथा चीन दुवै देशका अधिकारीहरुले सोमबार विहान १० बजे औपचारिक रुपमा उद्घाटन गरेपछि नाका पूर्णरुपमा सञ्चालनमा आएको हो । नाका सुचारु भएसँगै मालबस्तुहरु नेपाल भित्रिन थालेका छन् । उद्घाटनका क्रममा उत्तरी मुस्ताङका दुई पालिकाका लागि ३ हजार ५ सय प्याकेट चिया, २० किलोको ७ सय बोरा नुन, २ हजार ३ सय प्याकेट घ्यु, १ हजार ५ सय पिस कम्बल र १ हजार ६ सय पिस सिरक सहयोग गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले नै अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ । नाकामा आवतजावतका लागि एक महिनाअघिदेखी नै प्रवेश अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा सबै मुस्ताङवासीले कोरला नाका र नाकादेखी ३० किलोमिटरसम्मको चीनिया क्षेत्रमा पुगेर व्यासायीक कारोबार गर्न पाउने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण बन्द भएको यो नाका चार वर्षपछि सञ्चालनमा आएको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुनेगरेको थियो । नाका संचालन भएपछि स्थानीयहरु उत्साहित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ । नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै मुस्ताङका स्थानीयवासीले तिब्बत जाने अनुमतिपत्र पाएका छन् । यो पास एक वर्षपछि नवीकरण गर्नुपर्नेहुन्छ। लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छेम्पेल बिष्टले चिनियाँ मालसामान, लत्ताकपडा काठमाडौं र पोखरा हुँदै आइपुग्दा महंगो हुनेगरेको भन्दै अब सोझै आइपुग्दा जिल्लावासी नै लाभान्वित हुने बताउनुभयो । यो नाका खुलेसँगै स्याउ, आलु लगायतका स्थानीय उत्पादनले चीनिया बजार पाउने अपेक्षा समेत गरिएको छ ।

जोमसोमबाट कालीगण्डकी नदीको किनारैकिनार ११६ किलोमिटरको यात्रा गरेपछि समुद्र सतहबाट ४,६०० मिटरको उचाइमा रहेको कोरला नाका पुगिन्छ। जाडो समयमा उपल्लो मुस्ताङमा बसोबास कम हुने भएकाले वर्षभरी नै व्यापारिक कारोबार हुन भने यो नाकामा सहज देखिएको छैन । कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतस्थित बजार क्षेत्र पुग्न सकिन्छ । यो बाटो भएर हिन्दू, बौद्ध तथा विभिन्न धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज हुने बताइएको छ ।

६ वटा नाका सञ्चालनमा, २ वटाबाट मात्रै द्विपक्षीय व्यापार
भौगोलिक कठिनाइ र पूर्वाधारको अभावले नेपाल र चीनबीचको कनेक्टिभिटी सहज छैन । दुई देशबीच १४ सय १४ किलोमिटर लामो सीमारेखा रहेको छ । अहिले ६ वटा नाका सञ्चालनमा रहँदा व्यहारिक रुपमा दुई देशबीचको द्विपक्षीय व्यापार दुई वटा नाकाबाट मात्रै हुने गरेको छ । रसुवागढी र तातोपानी नाकाबाट हुने व्यापार समेत दिगो देखिएको छैन । यी दुई नाकाको स्तरोन्नतिसहित थप ४ नाका हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाङथान्का र ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट दुई देशबीचको व्यापार विस्तारको पहल भएको लामो समयपछि कोरला नाका सञ्चालनमा आएको छ । यसले नेपाल–चीन व्यापारलाई बढावा दिने र थप नाकाहरु खुल्दै जाने अपेक्षा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6