Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनएको ‘मान’ बढाउदै अभिमान । नौ बुँदे घोषणासंगै सचिवमा उमेद्वारी

एनआरएनएको ‘मान’ बढाउदै अभिमान । नौ बुँदे घोषणासंगै सचिवमा उमेद्वारी


व्रिजवेन
अष्ट्रेलियाली नेपाली समाजमा भद्र र सकारात्मक सोचका युवा उद्यमीको सूचीमा अग्रपंतिमा नाम आउछ अभिमानसिंह बस्नेतको ।
नेपाल टेलिभिजनमा लामो समय निर्माताका रुपमा काम गरेका बस्नेत सन् २००८ मा मात्रै अष्ट्रेलिया आएका हुन् । पछिल्लो एक दशक उनले केवल आफ्नो र परिवारको विकासका लागि मात्रै खर्च गरेनन् बरु व्यस्त जीवनबाट समय निकालेर यहाँकाे नेपाली समाजलाई एकसुत्रमा बाध्न समेत महत्वपुर्ण भूमिका खेले ।
हाल अष्ट्रेलियाको ब्रिजवेनमा बसोबास गरिरहेका अभिमानले प्रवासमा नेपालीको अभिमान जोगाउन खेलेको भूमिकाको धेरैले प्रशंसा गर्ने गरेका छन् ।
अनौपचारिक कुराकानीमा समेत नेपाल र नेपालीकै हितका बारेमा कुरा गर्न रुचाउने अभिमानले संस्थागत रुपमै नेपालीलाई सघाउन थालेको पनि दशक पुग्न लागि सक्यो । सन् २०१५-१७ मा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष तथा कुइन्सल्याण्ड राज्यको संयोजक भएर उनले काम गरिसकेका छन् । हाल पदमा नभएपनि, नेपाली समाजको एक सदस्यको नाताले उनले यहाँ नेपालीलाई मर्दापर्दा अभिभावकको भूमिका निर्वाह गरिरहेका छन् ।
एनआरएनए अभियानलाई अधिकार, जीवनशैली र जिम्मेवारीको संगम मान्ने अभिमानले भने -‘आफ्नो क्षमता र दक्षताले भ्याएसम्म म अष्ट्रेलियालीको नेपाली डायस्पोरामा सधै सक्रिय भइरहनेछु ।
पेशाले शैक्षिक परामर्शदाता हुन् अभिमानसिंह बस्नेत । तर, व्यवहारमा भने दुख परेका हर नेपालीलाई सबैखाले परामर्श दिने गर्छन् ।

केन्द्रीय सचिवमा उमेद्वारी

आगामी अक्टोबर १३-१६ मा नेपालमा गैर आवासिय नेपाली संघको अन्तराष्ट्रिय परिषदको सम्मेलन हुदैछ । त्यहि सम्मेलनले एनआरएनएको आगामी नेतृत्व चयन गर्दैछ ।
सम्मेलनमा विश्वभरीबाट यो अभियानमा लागेका नेपालीहरुले आआफ्नो उमेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
यसपाली सचिव पदमा अष्ट्रेलियाबाट केही नामहरु सतहमा आइसकेका छन् । ती नाम मध्ये अग्रस्थानमा देखिएका छन् अभिमानसिंह बस्नेत ।
बस्नेतले आफ्नो उमेद्वारी घोषणा गर्दै दोहोरो नागरिकता पाएसंगै आफु जन्मेको राष्ट्रप्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नु पर्नेमा जोड दिएका छन् ।
घोषणा पत्रमा बस्नेतले लेखेका छन् -‘हामीले दोहोरो नागरिकता पाउँदै गर्दा हामी जन्मेको राष्ट्र प्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नु पर्छ भन्ने मैले राम्ररी बुझेको छु। सायद हामी पछीको वा हाम्रा छोराछोरी नातिनातिनाको पिँढीले पनि आफ्ना बाबु आमा र पूर्खाको ईतिहास र बिरासतलाई कुनै न कुनै ढंगले सम्झने वा नेपाललाई कुनै न कुनै तबरले योगदान पुर्याउलान भन्नेमा आशा गर्न सकिन्छ।’
नेपालीहरु प्रवासमा बसाइसराईको इतिहास खासै लामो नभएको भन्दै बस्नेतले यो छोटो समयमा पनि नेपालीहरुले लोभलाग्दो प्रगती गरेको उदृत गरेका छन् । त्यस्तै नेपाल आमाको मुहारमा चमक ल्याउन अनि नेपाल र नेपालीको समुन्नतीको लागि आगामी दिनमा यो अभियान मार्फत अझै धेरै काम गर्न सक्ने र यसमा जुट्न चाहिने तागत र प्रतिबद्दता जुटाउन कुनै कसर बाँकी नराख्ने समेत प्रतिबद्दता जनाएका छन् ।
एनआरएनएलाई दलिय भागबण्डाको केन्द्र बनाउन नहुनेमा कठोर देखिएका अभिमान यो अभियानलाई सहि बाटोमा डोर्याउनका लागि भने राजनीति बुझेको नेतृत्व आवश्यक रहेको धारणा राख्छन् । ‘एनआरएन हाक्न दलिय राजनीति होईन संस्था चलाउन चाहिने ब्यबस्थापकिय राजनीति, बैचारिक बहसमा सबै राजनीतिक शक्तिलाई बुझाउन सक्ने खरा, राजनैती बुझेको अनि पहुच भएको नेतृत्वको पनि अहिले एकदमै आवश्यकता रहेको मैले बुझेको छु ‘- बस्नेतले भने

यस्ता छन् अभिमानका घोषणा

१) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन ।

२) पर्यटन प्रवर्द्दनमा एनआरएनहरुको प्रत्यक्ष सहभागिताका लागि जुट्ने।

३) Genealogy tourism लाइ प्राथमिकतामा राखेर योजना बनाउने।

४) संसारभरीको NCC ले ICC लाई तिर्दै आएको US $ ५ सदस्यता लेभी घटाउन पहल गर्ने ।

५) ज्ञान शिपको आदान प्रदानका लागि कार्यक्रम बनाएर ब्यबसायी, बौद्दिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने।

६) बर्तमान समयमा ICC का अधिकांश कामहरुलाई NCC ले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा ICC ले NCC लाई पनि अझ बढी सहयोग गर्ने बाताबरण बनाउने, दोहोरो सहकार्यका लागि काम गर्ने।

७) ICC र NCC को प्रत्यक्ष कम्युनिकेसनको बाताबरण बनाउने ।

८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने।

९) ICC सचिबको रुपमा महासचिब र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने।

एनआरएनएको केन्द्रिय तहमा एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, २ सचिव, एक कोषाध्यक्ष रहने व्यवस्था छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6