Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसर्वोच्चले भन्यो– ‘टिकटक प्रतिबन्धले नागरिकलाई अपुरणीय क्षति पुग्न जाने वस्तुपरक आधार देखिएन’

सर्वोच्चले भन्यो– ‘टिकटक प्रतिबन्धले नागरिकलाई अपुरणीय क्षति पुग्न जाने वस्तुपरक आधार देखिएन’


काठमाडौं । टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धले रिट निवेदकलाई अपूरणीय क्षति पुगेको बलियो आधार पेश हुन नसकेको टिप्पणी सर्वोच्च अदालतले गरेको छ । टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतले बिहिबार लिखित आदेश जारी गर्दै यस्तो बताएको हो ।

सरकारसँग टिकटक प्रतिबन्धको कारण बारे लिखित जवाफ मागेको सर्वोच्चले बिहीबार आदेशको लिखित रुप सार्वजनिक गर्दै सर्वोच्च अदालतले रिट निवेदकहरुले प्रतिबन्धले नागरिकलाई अपुरणीय क्षति पुग्न जाने वस्तुपरक आधार नदेखिएको उल्लेख गरिएको छ । आदेशमा भनिएको छ, ‘टिकटकको वैधानिकता, नेपाल कानुनको दायरा, परिपालना नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा लिखित जवाफ पेश भएपछि अन्तिम सुनुवाइका बखत टुंगो लाग्नु उपयुक्त देखिएको साथै निवेदकहरुलाई अपुरणीय क्षति पुग्न जाने वस्तुगत एवं तथ्यपरक आधार समेत नदेखिएको अन्तरिम आदेश जारी गर्न मिलेन ।’

न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिवन्ध लगाउनेबारे सरकारले गरेको निर्णय, सरकारले जारी गरेको निर्देशिका मगाउने आदेश मंगलबार जारी गरेको थियो । सर्वोच्चले यो मुद्दामा १९ असारदेखि निवेदनमाथि पूर्ण सुनुवाइ गर्न आदेश समेत दिएको छ । टिकटक प्रतिबन्ध हट्ला कि यथावत होला ? धेरैले चासोसहित कुरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6