Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : भुटानी शरणार्थी प्रकरणमा पछिल्लो फैशलादेखी ठग पक्राउसम्म

नेपाल अपडेट : भुटानी शरणार्थी प्रकरणमा पछिल्लो फैशलादेखी ठग पक्राउसम्म


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको पछिल्लो फैसला, प्रधानमन्त्रीको कोप २८ मा सम्बोधन, विदेश पठाउने बहानामा ठगि गर्ने पक्राउ लगायतका पछिल्ला प्रमुख ५ खबर यस्ता छन् ।

पूर्वमन्त्रीसहितका ९ भीआईपी ठग जेलमै रहने, १० जना छुट्दै
भीआईपी समेतको संलग्नतामा भएको करोडौं घोटालाको नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नौ जनालाई थुनामै राख्न उच्च अदालत पाटनबाट आदेश भएको छ । जिल्ला अदालतको आदेश सदर भएर थुनामै रहनेहरुमा रायमाझीसहित पूर्व सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई, आङ्टावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरी रहेका छन् ।यस्तै, धरौटीमा छुट्नेहरुमा टेकनाथ रिजाल, नरेन्द्र केसी र सन्दीप रायमाझीसहित हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शम्शेर मियाँ, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधर रहेका छन् । काठमाण्डौ जिल्ला अदालतले गएको असार १ गते थुनामा राख्न दिएको आदेशविरुद्ध प्रतिवादीहरुले उच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ भएर न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले यो आदेश सुनाएको हो यता, पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने निर्णयमा न्यायाधीशको मत बाझिएपछी यो मुद्दा अर्को इजलासमा जाने भएको छ ।

प्रधानमन्त्री प्रचण्डको कोप २८ सम्मेलनमा सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने बताउनुभएको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा हिमालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखेर त्यस विषयलाई विश्वव्यापी बनाउन सहयोग गर्नुभएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । नेपालमा जलवायु असरको विषयले विश्वव्यापी रुपमा चर्चा पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा नेपालका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन नेपालका प्रतिनिधिमण्डललाई निर्देशन दिनुभएको थियो ।

बैंकले बढी व्याज लिएको भए कारबाही हुन्छ
गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैँकले १६ देखि १८ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैँकमा गुनासो गर्न आग्रह गर्नुभएको छ । गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बैँकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैँकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताउनुभएको हो । राष्ट्र बैँकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गर्दै बैँकले बढी ब्याज लियो भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैँकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दामाथि नगएको भन्दै नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताउनुभयो ।

केपी ओली कप क्रिकेटको उपाधि मधेस प्रदेशलाई
केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधि मधेस प्रदेशले जितेको छ । पोखरामा भएको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधि जितेको हो । मधेस प्रदेशले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २४ रन मात्रै बनाएपछि उपविजेतामै सिमित हुनुपर्यो । उपाधि विजेता मधेस प्रदेशले ५ लाख र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता रहेको थियोे ।

विदेश पठाउने भन्दै ठगी गर्ने प्रहरी खोरमा
सर्बिया पठाइदिन्छु भन्दै तीन जनालाई १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका एक जना पक्राउ परेका छन् ।३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ८ लाख रुपैयाँका दरले रकम मागेका उनी १७ लाख १७ हजार रुपैयाँ लिएपछि फरार भएका थिए । मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै लोभ्याएर रकम ठगेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यस्तै, माल्टा पठाइदिन्छु भन्दै दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ उठाएर फरार धादिङकी एक महिला समेत पक्राउ परेकी छिन् । माल्टामा मासिक एक लाख रुपैयाँ तलब हुने र त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ भन्दै उनले दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ लिएको खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6