व्रिजवेन गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका कुइन्सल्याण्ड संयोजक उमेश खड्काले क्यालेण्डर बनाएरै काम गर्ने बाचा गरेका छन् । सोमबार व्रिजवेनमा पदभार सम्हालेपछि भेलालाई सम्बोधन गर्दै खड्काले समुदायका सबैलाई मिलाएर अघि बढ्ने बताएका हुन् । ‘सबैको विचार नमिल्न सक्छ‘- खड्काले भने –‘तर, समुदायको हितका लागि फरक फरक विचार भएकाहरु हामी सबै एक ठाउमा उभिनुपर्छ ।’ केही दिनमा समुदायका अग्रजसंग भेटघाट गर्ने तयारीमा रहेका खड्का नेतृत्वको टिमले सबैसंग सल्लाह गरेर एक वर्षको कार्यतालिका तय गर्ने जनाएको छ । ‘हामी केही दिनमा सबैसंग छलफल गर्छौ ‘-खड्काले भने -‘सबैको साथ, सहयोग र गाइडेन्स लिएर हामी काम गर्नेछौ ।’
कुइन्सल्याण्डको संयोजक पदमा उमेद्वारी दिदा खड्काले सामुदायिक भवन बनाउन सहयोग गर्ने, एनआरएनए कार्डले सहुलियत पाइने तथा विद्यार्थीका समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने लगायत घोषणा गरेका थिए ।
कार्यक्रममा पदभार हस्तान्तरण गर्दै निवर्तमान संयोजक सन्तोष कुँवरले नयाँ टिमलाई सशक्त भएर काम गर्न शुभकामना दिएका थिए । सुरु सुरुमा टिमका सबै सदस्यहरु सक्रिय हुने र बिस्तार सेलाएर जाने प्रवृत्तिबाट टाड रहन कुँवरले नयाँ टिमलाई सुझाव दिएका हुन् । पदभार हस्तान्तरण समारोहमा एनआरएनए कुइन्सल्याण्डको आर्थिक हिसाब किताव पनि सार्वजनिक गरिएको थियो । विभिन्न नियमित कार्यक्रम गरेको खर्च कटाएर हाल एनआरएनए कुइन्सल्याण्डको खातामा ५ हजार ३ सय ६२ डलर बचत छ । कार्यक्रममा सहयोग घोषण गरेर समयमै पैसा नदिएकाले खातामा रकम कम भएको निवर्तमान कोषाध्यक्ष रमेश पाण्डेले जानकारी गराएका थिए । भेलामा सहभागीहरुले सहयोग घोषणा गरेर समयमै नदिनेहरुलाई ताकेता गर्न पनि नयाँ टिमसंग माग गरेका छन् ।
गत जुलाईमा भएको निर्वाचनले एनआरएनए अष्ट्रेलियाको केन्द्र र राज्यहरुमा नयाँ समिति चयन गरेको छ । निर्वाचित सदस्यहरुले गत अगष्टमा भएको साधारण सभामा सपथ ग्रहण गरेका हुन् । कुइन्ल्याण्डको सन् २०१९ २१ का लागि उमेश खड्काको संयोजकत्वमा नयाँ समिति निर्वाचित भएको हो । नयाँ समितिको उपसंयोजकमा अमृत खत्री, सचिवमा प्रविण भण्डारी, सहसचिवमा मन्दिप केसी, कोषाध्यक्षमा शम्भु घैंसे, युवा संयोजकमा अतुल खड्का, युवा सह संयोजकमा पंकज गौतम, महिला संयोजकमा सुनिता श्रेष्ठ र महिला सहसंयोजकमा लक्ष्मी तामाङ चयन भएका छन् ।
पदभार ग्रहण गर्दै एनआरएनए कुइन्सल्याण्डका नयाँ पदाधिकारी । साथमा निवर्तमान समितिका सदस्यहरु पनि ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist] SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
तपाईको प्रतिक्रिया