Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक वर्षमा १० लाख बढी पर्यटक नेपालमा, ३८ हजार बढी अष्ट्रेलियन !

एक वर्षमा १० लाख बढी पर्यटक नेपालमा, ३८ हजार बढी अष्ट्रेलियन !


काठमाडौं। विदेशी पर्यटकको आगमनका दृष्टिले सन् २०२३ उत्साहजनक वर्ष बनेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यो वर्ष हवाई मार्ग हुँदै १० लाख १४ हजार ८ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

१० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेकाे वर्ष ०२३ को डिसेम्बर महिनामा मात्रै ९६ हजार ५६८ पर्यटक नेपाल आएका छन् । सन २०२२ अर्थात गत वर्ष ६ लाख १५ हजार पर्यटकले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेका थिए। सन् २०१९ मा उच्च रेकर्ड बनाउदै ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कुन देशबाट कति पर्यटक ?
सबैभन्दा धेरै नेपाल भ्रमण गर्नेमा भारतीय पर्यटक छन् । एक वर्षमा ३ लाख १९ हजार ९३६ भारतीय नेपाल आएका छन्। हवाई मार्ग हुँदै नेपाल आएका पर्यटकमा भारतीय पर्यटकको हिस्सा मात्रै ३१.५२ प्रतिशत रहेको छ । सहज आवागमन र भिसा समेत आवश्यक नपर्ने भएकाले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीयको संख्या अझ धेरै छ । भारतपछि सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन्। सन २०२३ मा १ लाख ३५७ अमेरिकीले नेपाल भ्रमण गरेको तथ्यांक पर्यटन बोर्डमा छ। यस्तै नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ६० हजार ८७८ रहेको छ । गत वर्ष ५२ हजार ८६६ बेलायतीले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने पर्यटकको संख्याका हिसाबले अष्ट्रेलियनको हिस्सा पाँचौ नम्बरमा छ । गत वर्ष ३८ हजार ७९८ अष्ट्रेलियाली नागरिकले नेपाल घुमघाम गरेका छन् । यो संख्या बढाउनेगरि अष्ट्रेलियामा नेपाल चिनाउने विभिन्न मेला,कार्यक्रम नेपाली समुदाय र एनआारएनए अष्ट्रेलियाले गरिरहेको छ । २६ हजार ९८० जर्मन पर्यटकले नेपाल भ्रमण गरेका छन् । थाइल्याण्ड, दक्षिण कोरिया, फ्रान्स, श्रीलंका, मलेसिया, जापान, क्यानडा, भियतनाम, इटली, म्यानमार, स्पेन रसिया र भुटान पनि १० हजार भन्दा धेरै पर्यटक नेपाल आउने देशको सूचीमा परेका छन्।

पर्यटन बोर्डले पर्यटकको संख्या १० लाख नाघ्नुलाई उत्साहजनक भनेको छ। बोर्डका निर्देशक मणि लामिछानेले नेपाल भ्रमणमा आउने पर्यटकको संख्या उत्साहजनक देखिएको दाबी गर्दै यो वर्ष आक्रामक रुपमा प्रचार प्रसार गरेर लाखौं पर्यटकलाई नेपाल भ्रमणमा आकर्षित गर्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6